भन्सार छलेर ल्याएको १३५ बोरा मल बरामद

0
225

कात्तिक २६,२०७७कञ्चनपुर : सशस्त्र प्रहरीले दोधारा चाँदनीसहित विभिन्न क्षेत्रबाट भन्सार छलेर अवैध रुपमा भित्रिएको १३५ बोरा रासायनिक मल बरामद गरेको छ।

सशस्त्र प्रहरी प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलैश्वरीको टोलीले पुनर्वास र बोर्डर आउट पोष्ट दोधाराको टोलीले माहाकाली नगरपालिका–३ पूर्णागिरी टोलबाट भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याइएको तीन लाख ११ हजार रुपैयाँ बराबरको मल बरामद गरेको हो।

सशस्त्र प्रहरी प्रहरी बल नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलैश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार १३५ बोरा मलसँगै चिनी, खानेतेल, सलाई, मिठाई समेत बरामद गरिएको छ। यस्तै, दोधारा चाँदनीमा बोर्डर आउट पोष्टका टोलीले अवैध समान बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक ऐरले बरामद समान भन्सार कार्यालयमा बुझाइएको बताए।

SHARE