कात्तिक २४,२०७७ काठमाडौं : सरकारले कोरोनाको जोखिम कम भएका क्षेत्रहरूमा विद्यालय सञ्चालन गर्ने तयारी गरेको छ। लामो समयदेखि विद्यालय बन्द रहँदा विद्यार्थीहरूले पठनपाठनबाट वञ्चित हुनुपरेकाले सरकार विद्यालय सञ्चालनको तयारीमा जुटेको हो।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा भन्छन्,‘लामो समयदेखि विद्यालय बन्द अवस्थामै छन्। यातायात, होटललगायत खुल्दै आएका छन्। त्यसैले अब कोरोनाको कम जोखिम भएका ठाउँको विद्यालय सञ्चालन गर्न दिने तयारी सरकारले थालेको छ।’
उनका अनुसार विद्यालय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरूपमा लागू गर्नुपर्ने छ। ‘भिडभाड गर्न पाइने छैन,’उनले भने,‘मास्क,सेनिटाइजर सबैको प्रयोग गर्नुपर्ने छ। सामाजिक दूरी अनिवार्य कायम गर्नुपर्ने छ।’