अनुसन्धानमा प्रभाव पार्नेगरी समाचार सम्प्रेषण नगर्न आग्रह

0
367
?????????????????????????????

कात्तिक २३,२०७७ काठमाडौं : प्रेस काउन्सिल नेपालले हत्या, अपहरणजस्ता सार्वजनिक अपराधसँग जोडिएका विषयमा अनुसन्धान नै प्रभावित पार्ने गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समाचार सम्प्रेषण नगर्न अपिल गरेको छ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित अपीलमा सार्वजनिक अपराधसँग सम्बन्धित व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धान तहकिकात हुनुपूर्व नै विभिन्न सञ्चारमाध्यममा साक्षी, पीडित र प्रमाणसमेतको सुरक्षामा पर्याप्त ध्यान नदिई विभिन्न सामाजिक सञ्जालहरूमा पनि समाचार सम्प्रेषण हुँदा पीडित एवं साक्षीहरू असुरक्षित हुने र सत्यतथ्य छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा असर पर्न जाने उल्लेख छ।

यस्ता समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता, २०७३ ९पहिलो संशोधन, २०७६० को दफा ४९९० र ५९४० उल्लङ्घन हुने हुँदा संवेदनशील हुन काउन्सिलले आग्रह गरेको छ।

अपराधजन्य घटनासँग जोडिएका व्यक्ति, साक्षी र पीडितको हकमा अनुसन्धानपूर्व नै सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूबाट नाम सार्वजनिक नगर्नरनगराउन आमसञ्चारमाध्यम, पत्रकार र सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरिएको छ।

कतिपय मिडियाले साक्षी, पीडित र प्रमाणको सुरक्षामा ध्यान नदिइ समाचार सम्प्रेषण गर्दा पीडित र साक्षीले असुरक्षित महशुस गरेको तथा घटनासँग जोडिएका पीडित र साक्षीको नाम अनुसन्धान हुनुपूर्व नै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक हुँदा गोपनीयता र शान्ति सुरक्षामा गम्भीर असर परेकाले हत्या, अपराधजस्ता घटनाका विषयमा आएका समाचार सामग्रीमा ध्यानाकर्षण भएको जनाइएको छ।

SHARE