पार्टीलाई फुटबाट बचाउन पटक–पटक प्रयास गरेको छुः प्रचण्ड

0
278
फाइल फोटो

कात्तिक २१,२०७७ काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई फुटबाट बचाउन पटक–पटक कोसिस गरिरहेको बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। उनले भने, ‘मैले पार्टी एकताको रक्षाका लागि पटक(पटक आग्रह गरेको छु। फेरि पनि आग्रह गर्छु।’

उनले एकताको रक्षाका लागि अर्का अध्यक्ष केपी शर्मा ओलीसँगै फेरि पनि आग्रह गर्ने बताएका छन्। प्रचण्डले पार्टी एकताको रक्षाका लागि आफूले पटक(पटक आग्रह गरेको बताउँदै फेरि पनि आग्रह गर्ने बताएका हुन्।

SHARE