उपचार क्रममा मृत्यु भएका बागलुङका वृद्धमा कोरोना पुष्टि

0
427

कात्तिक २१,२०७७ बागलुङ : बागलुङ नगरपालिका–२ का ८१ वर्षीय पुरुषको दुई दिनअघि सघन उपचार कक्षमा उपचार क्रममा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ।

कात्तिक १९ गते धौलागिरि अस्पतालमा उनको मृत्यु भएको थियो। बागलुङ–२ का ८१ वर्षीय उनमा स्वासप्रस्वाससम्बन्धी समस्या, ज्वरो र खोकीसहितका लक्षण देखिएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गराइएको थियो।

उनको मृत्युपछि कोरोना संक्रमणको आशंकामा अस्पतालले थ्रोट स्वाब जाँचका लागि पठाएको थियो। शुक्रबार आएको रिपोर्टमा उनमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।

SHARE