सुदूरपश्चिमका पहाडमा भूकम्पको धक्का

0
214

कात्तिक २०,२०७७ बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी केही जिल्लामा गएराति भूकम्पको धक्का महसुस गएको छ। प्रदेशका बैतडी र दार्चुलामा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालका अनुसार राती १० बजेर २३ मिनेटमा गएको सो भूकम्पको कम्पन ३ दशमलव ८ म्याग्निच्युड मापन गरिएको छ।

बैतडीको दोगडाकेदार गाउँपालिका(४ श्रीकेदार केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको दाहालले जानकारी दिए।

भूकम्पको धक्का महसुस हुँदा स्थानीय त्रसित बनेका थिए। भूकम्पबाट क्षति भएकोबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ।

SHARE