
कात्तिक १९,२०७७ कास्की : राष्ट्रिय समाचार समिति ९रासस०का पोखरा समाचारदाता जमुनावर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएकी छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टान पश्चिमाञ्चल क्षेत्रीय संघको १६औं अधिवेशन एवं सत्ताइसौँ वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले रु १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उनलाई सम्मान गरिएको हो ।
पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरिएको हो । कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोना संक्रमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवर्द्धनमा लागेको बताए ।






