महिला मात्र भएको घरबाट प्रहरी हवल्दार प्रकाउ

0
323

कात्तिक १९,२०७७
तनहुँ : तनहुँमा एक प्रहरी हवल्दारलाई स्थानीयबासले नियन्त्रणमा लिएका छन्।

व्यास नगरपालिका–७ स्थित एक महिलाको घरमा गएर फर्कंदै गरेको अवस्थामा कलेस्ती प्रहरी चौकीका प्रहरी हवल्दार खेमबहादुर कटुवाललाई स्थानीयले बुधबार बिहान गेटबाट नियन्त्रणमा लिएका हुन्।

‘श्रीमान् विदेश रहेका ती महिलाको घरमा गएर निस्कदै गरेको अवस्थामा देखेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरी हवल्दार कटुवाललाई प्रहरी कार्यालयमा बुझाएका रहेछन्,’ वडाध्यक्ष सतिसचन्द्र न्यौपानेले भने।

महिलाका श्रीमान् घरमा नभएकाले अन्य परिवारका सदस्यले निर्णय गर्न नमिल्ने र महिलाको श्रीमान् आएपछि थप छलफल हुने भएको न्यौपानेले बताए। स्थानीयले ती हवल्दारलाई नियन्त्रणमा लिएर सोधपुछपछि प्रहरीमा बुझाइएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । उत्तेजनात्मक कार्यमा संलग्न भएको भन्दै स्थानीयले यस्तो नगर्न सुझाव दिएका उनको भनाइ छ।

ती महिलासँग सोधपुछ गर्दा घरमा आए पनि त्यस्तो नराम्रो सोचाइले नआएको भनी जानकारी दिएको कलेस्ती प्रहरी चौकीका इन्चार्ज कपिल अधिकारीले बताए।
अनुसन्धान क्रममा कुनै पनि प्रमाण फेला नपरेकोले स्थानीयको रोहबरमा छलफल गरी भविष्यमा यस्ता गल्ती नगर्ने गरी समझदारीमा कार्यालयमा लगिएको उनले बताए।

SHARE