घट्यो सुनचाँदीको मूल्य

0
24

कात्तिक १५,२०८३ काठमाडौँ : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा आठ हजार ३०० रपैयाँ र चाँदीको मूल्य १७५ रपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ७२ हजार रपैयाँ र त्यति नै परिमाणको चाँदीको मूल्य तीन हजार ६५० रपैयाँ निर्धारण भएको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० रपैयाँर चाँदी तीन हजार ८२५ रपैयाँमा कारोबार भएको थियो ।

SHARE