३५ केजी चरेससहित दुई महिला पक्राउ

0
45

असोज ७, २०७७ कपिलवस्तु : कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३५ केजी लागुऔषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ।
मकवानपुर जिल्ला मनहरी नगरपालिका(९ की ४० वर्षीया शान्ति तामाङ र दाङ त्रिभुवन नगरपालिका(७ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका(९ बानियाँभार बस्दै आएकी बस्ती घर्ती पक्राउ परेका इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिएका छन्‌।​उनीहरूले बुधवार दिउँसो २ बजे यो लागुऔषध भारततर्फ लैजान लागेका थिए।
नेपाल(भारत सीमादेखि तीन सय मिटर उत्तरतर्फ खानतलासी गर्दा उनीहरू पक्राउ परेका थिए। चरेस बोक्नका लागी उनीहरूले सुटकेस र ग्यास सिलिन्डर प्रयोग गरेका थिए। ग्यास सिलिन्डरको पिँधमा प्वाल पारी प्लास्टिकले बेरेर चरेस राखेका थिए।

SHARE