पहिरोका कारण गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध

0
79
फाइल फोटो

असोज ७,२०७७ गुल्मी : गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध भएको छ ।
सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिका ४ को नादेवा, ५ को बाँदरेभीर र ६ को डहरे लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।अहिले पहिरो पन्छाउने काम भैरहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।
जिल्लामा सबै भन्दा बढी गाडी चल्ने यो सडकखण्ड अवरुद्ध भएपछि पाल्पा–बुटवल आवतजावत गर्ने तीन दर्जन भन्दा धेरै गाडी अलपत्र परेका छन् ।त्यसैगरी पहिरो खसेपछि गुल्मीको तम्घास–ईन्द्रेगौंडा सडक पनि अवरुद्ध बनेको छ ।
यो सडकखण्डको मुसिकोट नगरपालीका ३ मा भञ्ज्याङ नजिकै मााथिबाट ठूलो पहिरो खसेपछि अवरुद्ध भएको हो । वर्षाका कारण कतिपय ठाउँमा सडक भत्कने र पहिरो जाने गरेका कारण गुल्मीका दर्जनौ ग्रामीण सडकहरु समेत अवरुद्ध बनेका छन् ।

SHARE