खोलाले बगाउँदा दाङमा एक बालिकाको मृत्यु

0
29

असोज ६, २०७७ दाङ : दाङको बंगलाचुली गाउँपालिका(७ मा पर्ने नेवारे खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
बंगलाचुली गाउँपालिका(८, सियाँला घर भई गाउँपालिका(७ गासीमा रहेको मामा घर जाँदै गरेकी भोजा सुनारकी ६ वर्षीया छोरी कविता सुनारको मृत्यु भएको वडा नम्बर ८ का वडाध्यक्ष गिरराज बाँठाले जानकारी दिए।
सोमवार बेलुका करिब ६ बजे खोलाले बगाएर सुनारको मृत्यु भएको हो।

SHARE