कोरोनाबाट थप १० जनाको मृत्यु

0
42

असोज ४, २०७७ काठमाडौं : कोरोना संक्रमणका कारण आज ६ महिला र ४ जना पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ४०, ६० र ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ। यस्तै ललितपुरमा ७५, भक्तपुरमा ७२ र पाल्पा ४० वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै धनुषामा ७६, काठमाडौंमा ८२, चितवनमा ८० र रुपन्देहीमा ६७ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ११ पुगेको छ।

SHARE