झारफुकको भरपर्दा अकालमै मृत्यु

0
339

जानु पाण्डे
असोज ३,२०७७ कपिलबस्तु : दाङको घोराही उपमहानगरपालिका १२ रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउसो १ बजे सर्पले डसेको थियो । लकडाउनका कारण उनी कपिलवस्तुको शिवराज ९ बिजगौरी माइती घरमा बस्दै आउकी थिइन् ।
बिजगौरीबाट ४५ मिनेटको दुरीमा गोरुसिङ्गेमा सर्प दंश उपचार केन्द्र थियो । तर उपचारको साटो झारफुक गराउन तर्फ लागे । गाउँ कै अटो रिक्सा चलाउने ‘तामिलनाडु’ भन्ने मानिसले झारफुक गराउँदै आएका थिए । झारफुकबाट निको गराउने विश्वास दिलाएर झारफुक सुरु गरे तर बिरामीको अवस्था जटिल हुँदै गएपछि उपचारका लागी लैजाने तरखर गरे ।

‘उपचार केन्द्र पुग्दा साँझ ५ बजेको थियो । चित्रकलाले बाटोमा ज्यान गुमाउनु परेको थियो । समयमा उपचार नपाउँदा मृत्यु भएको सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए ।
झारफुकमा विश्वास गर्दा यस सिजनमा चित्रकला जस्तै गरी ११ जनाको मृत्यु भएको उपचार केन्द्रको रेकर्डमा रहेको छ । सबै जना अन्तिम अवस्थामा पुगे पछि उपचारका लागी उपचार केन्द्रमा पुराइएको थियो । ‘झारफुकका कारण मृत्यु भएका रेकर्डमा नभएका धेरै केस हुन सक्छन् । जुन स्वास्थ्य संस्था सम्म नआएको पनि हुन सक्छ । त्यस्ता घटनालाई निरुत्साहित गर्न स्थानीय सरकारले चासो दिनु पर्छ ।’ भण्डारीलेथपे ।

मङ्गलवार भएको घटनालाई केलाउने हो भने शिक्षित घर परिवार मै पनि झारफुक प्रति प्रभावित भएको देखिन्छ । मृतक परिवार शिक्षित भएपनी झारफुक तर्फ जोड दिए एक स्थानीय भन्छन् । सुरु मै उपचार पाएको भएको चित्रकलाले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन । मृतक लकडाउनका कारण सवारी साधन नचल्दा उनी माइत बसेकी थिइन । उनका पती वैदेशिक रोजगारमा रहेका छन् ।

सर्प दंश उपचार केन्द्रका अनुसार केही मानिसहरूले अझै पनि सर्पले डसे पछि उपचारको साटो झारफुक विश्वास गर्ने प्रचलन रहेको छ । प्राय सबै टाउका झारफुक हुने गरेको पाइएको तर बढी मात्रामा पहाडी जिल्लामा झारफुकको प्रचलन रहेको छ ।
केन्द्रका अनुसार कपिलवस्तु, दाङ, प्युठान, अर्घाखाँचीबाट आउने केही बिरामी झारफुक पछि मात्र उपचार गराउन आउने गरेका छन् ।
झारफुक कै कारणबाट यस सिजनमा प्युठानमा ५ जना कपिलवस्तुमा ४ जना र अर्घाखाँची २ जनाले ज्यान गुमाउनु परेको छ ।

SHARE