पीसीआर परीक्षण गर्नुपर्छ भनेपछि ……….

0
587

विमला ढकाल

विश्वकै लागि एकदमै नयाँ र नौलो कोरोना भाइरस । मलाई पनि नौलो नहुने कुरै भएन । कोरोना के हो सुरुसुरुमा त्यति थाहा थिएन् । जब यस भाइरसका कारण विश्व नै आक्रान्त बन्न थाल्यो । जब विश्वका धेर देशहरुले लकडाउन सुरु गरे एक ठाउबाट अर्को ठाउँमा जान प्रतिवन्ध लगाइयो । अनि विस्तारै थाहा भयो यो भाइरसका बारेमा ।
संसारमा अचानक देखिएको कोरोना भाइरसका कारण दिनदिनैको दैनिकीबाट मानिस एकाएक शान्त, शुन्य हुन पुग्यो । मानिसमा डर, भय, आतकंको सिर्जना भयो । एक मान्छेले अर्को मान्छेलाई छुन सम्म डराउनुपर्ने अबस्था सिर्जना भयो ।
यस्तो अबस्थामा कस्लाई डर नलागोस् । विश्वका धेरै देशमा मानिसहरु भकाभक मर्न थालेका खबरहरु अन्तराष्ट्रि संचार माध्याममा आउन थाले । टेलिभिजनमा त्यस्ता खबर हेर्न थालियो । त्यपछि त डरको सिमा नै थिएन् ।
कसरी होला जोगीने भन्ने तिर ध्यान केन्द्रीत हुन थाल्यो । म सञ्चरमर्की भएकाले पनि समाचार संकलनका लागि गइरहनुपथ्र्यो । त्यतिबेला बर्दियाका विभिन्न ठाउमा कोरोना भाइरसकाट बच्नका लागि साबधानी अपनाउन सचेतनाका कार्यक्रम सञ्चालन गरिदै थियो । ति कार्यक्रममा म पनि सहभागी भने ।
त्यस अबसरमा कोरोनाका लक्षण, सर्ने तरिका लगाएतका विषयमा अझ थप वुझ्ने मौका मिल्यो । जव सरकारले चैत्र ११ गते लकडाउन घोषणा गर्यो । त्यसपछि त सबै स्कुल कलेज सबै बन्द भयो । सबै घरमा बसे । आफु सञ्चरकर्मी भएकाले छुट्टी हुने कुरै थिएन । दिनमा २ टाइम समाचार बाचन गर्नुपर्थ्यो ।
साँझ र बिहान । लकडाउन भएको दिनदेखि चै रेडियोका प्रबन्धकले घरबाटै समाचार पढ्ने वाताबरण मिलाइदिनुभयो । हामीले १ हप्ता सम्म त घरैबाट समाचार बाचन पनि गर्यौ । गाउँको कुरा हो । घरबाट काम गर्दा अप्ठ्यारो अबश्य थियो । त्यै माथि नेट राम्ररी नचलेर समस्या उत्पन्न भयो ।
त्यसपछि फेरी हामी स्टुडियो मै पुगेर काम सुरु गर्यौ । त्यस समयमा बर्दियामा पनि कोरोनाको त्रास बढिरहेको थियो । पहिला पहिला त बर्दियाका स्थानीय तहहरुले एकदमै सतर्कता अपनाएका थिए । तर सबै तिर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस बर्दिया प्रबेस गर्न समय लागेन ।
बर्दियामा पनि दिन प्रतिदिन संक्रमित भेटिन थालेपछि घरमा आमाबुवा अझ बढि त्रसित बन्नुभयो । उहाँहरुले सम्झाउनु पनि भयो । समय यस्तो छ आफ्नो विशेष ख्योल गर्नु भनेर । त्यतिबेला सुरुसुरुमा खासै डर नलागेपनि जब आफ्नै पालकामा संक्रमितहरु फेला पर्न थाले, तब बिस्तारै डर बढ्दै गएको थियो ।
हामीले समाचार संकलन देखि लिएर सबै काम फोनबाटै गर्ने गरेका थियौ । आमावुवा बेलाबेलामा सम्झाउदै गर्नुहुन्थ्यो । जव बर्दियाको राजापुरमा कोरोनाको पहिलो संक्रमित फेला परेको थियो । त्यतिबेला प्रदेश ५ को पुच्छारमा रहेको बर्दियामा संक्रमितलाई उपचारका लागि काँहा लिने भन्नेमा ठुलो समस्या उत्पन्न भयो । त्यसपछि त संक्रमण भैहालेपनि उपचार नै नपाएर मरिने भइयो कि भन्नेमा अझ त्रास बढन थाल्यो ।
तर पछि बर्दियाका पालिकाहरुले आफ्नै पालिकामा जब आइशोलेसन कक्ष तयार पारे तबभ ने उपचारमा समस्या भएन् । भरतबाट आउनेहरुको ओइरो लाग्यो । बर्दियाका सबै क्वारेन्टीनहर भरिए । त्यसपछि होम क्वारेन्टीनमा बस्ने सहमतीमा घर पठाउन थालियो । अनि त झन समुदायमै कोरोना फैलिनेमा त्रास बढ्यो ।
विस्तारै सरकारले पनि लकडाउन खुकुलो पार्दै गयो । त्यसपछि बजारमा मानिसहरुको भिड पनि बढ्दै गयो । त्यतिबेला सम्म आफुलाई कोरोना लागिहाल्ला भन्ने डर चै लागेको थिएन । किन कि हरेक समय सुरक्षीत भएर बसिरहेको आभाष भने थियो ।
तर एकाएक मनमा कोरोनाको त्रास उत्पन्न भयो । श्राबण ५ गते राति झण्डै ८ बजेको थियो । म एफ.एमबाट घर पुगेर खाना खाएर टेलिभिजन हेर्दै थिए । एक्कासी मोवाइलमा फोनको घण्टी बज्यो । फोन हेरे । रेडियोका प्रबन्धक भावुक योगी सरको फोन थियो । फोन उठाए । सरले पिसिआर परिक्षणमा नाम सिफारीस गरेको कुरा गर्नुभयो । सर संग हुन्छ सर भनेर फोन राखे । त्यसपछि एक्कासी मनमा डर पैदा भयो । मन हड्बडाएजस्तो कस्तो न कस्तो महसुस हुन थाल्यो ।
श्रावण ३ गते ठाकुरबाबा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा म पनि सहभागी हुन पुगेकी थिए । श्रावण २ गते मुक्तकमैया दिबस थियो । म र भाबुक सर बर्दियाको बारबर्दियामा आयोजना गरिएको उक्त दिवस कार्यक्रममा सहभागी हुन जादै थियौ । त्यहिबेलामा सरले मलाई नगरमा पत्रकार सम्मेलन हदै छ, भोहि विहान त्यहा जानुपर्छ भनेर जानकारी गराउनुभएको थियो । अनि त्यहाको कार्यक्रम सकिएपछि सर काम बिशेषले नेपालगञ्ज जानुभयो । म त्यहिबाट घर फर्किए ।
अर्को दिन श्रावण ३ गते शनिबार थियो । विहानै रेडियोमा आइयो । ६ः३० बजेदेखिको समाचार सकियो । अनि सरलाई फोन गरे । सरले नेपालगञ्ज नै छु नगरपालिकाको सुचना अधिकारीलाई फोन गर अनि जाउ म पछि सम्म पुग्छु भन्नुभयो । अनि मैले सुचना अधिकारीलाई फोन गरे उहाँले शाहिपुर जान लागेको बताउनुभयो । आफुसंग साधन थिएन । मैले भुरिगाउँ आएपछि फोन गर्नुहोला भने । त्यसपछि म खाना खान घर तिर लागे । म घरमा हुदा उहाँले फोन गर्नुभयो । त्यसपछि पनि म आउन सकेन । बर्दियाका पत्रकारहरुको उपस्थीतीमा नगरपालिकाले आर्थिक बर्षमा सम्पन्न गरेका योजनाहरुको अनुगमन थियो । म अनुगमनमा जान नसकेपछि मलाई सरले ११ बजे हुने कार्यक्रममा पुग्न भन्ने भयो ।
म खाना खाएर एफ.एम पुगे । रेडियोमा मेरा साप्ताहिक कार्यक्रम थियो । मैले कार्यक्रम चलाएर सके पनि ११ बजेदेखिको कार्यक्रम चलाउन सहकर्मी आइपुग्नुभएन । त्यसबेला ठुलो बर्षा भैरहेको थियो । कार्यक्रम मैले सहजीकरण गर्नुपर्ने भयो । मलाई सरले कार्यक्रम सकेर ठिक १२ बजे रेकडर लिएर कार्यक्रममा पुग्न भन्नुभयो ।
मैले ११ बजेदेखि १ घण्टा सम्मको टाइगर क्विज कार्यक्रम सकेर उक्त कार्यक्रममा गए । कार्यक्रम सुरु भैसकेको थियो । म गएर कुर्सीमा बसे । त्यहा कार्यक्रमा ठाकुरबाबा नगरपािलकाका नगरप्रमुख, उपप्रमुख, प्रशासकिय अधिकृत लगाएत अन्य कर्मचारी र जिल्लाका पत्रकारहरु सहभागी हुनुहुन्थ्यो ।
नगरपालिकाको निती कार्यक्रम, बजेट र नगरले प्रथामीकतामा राखेका बिषयमा छलफल हुदै थियो । केहि समय पछि उक्त कार्यक्रम सकियो । त्यसपछि म एफ.एम. आए । साँझ समाचार पढ्नुपर्ने भएकाले म आफ्नो काममा लागे । साझ नगरका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी नगरकै १० जनामा पोरोना पोजेटिभ भएको खबर आयो । त्यसअछि मन अलि आत्तिए जस्तो भयो । जसोतसो समाचार बाचन सकियो ।
त्यसपछि नगरपालिकामा छलफल चल्दै थियो । भावुक सर छलफलमा जानुभयो । हामी भने घर तिर लाग्यो । नगरपालिकाले ३ दिन सम्म नगरका सबै कामकाज ठप्प गर्ने निर्णय गर्यो । अर्को दिन विहान पनि समाचार पढ्न रेडियो पुगियो । डराइडराइ समाचार पढियो । मलाई पहिल्यै देखि कोरोना लागिहालेमा म त बाच्दैन होला सोचेर जहिले डर लाग्थ्यो ।
त्यपछि अझ डर बढ्यो । अब के गर्ने भन्ने सोच्न बाध्य भए । म त्यो कार्यक्रममा त्यति हेलमेत नभएपनि सहभागी भने भएकि थिए । यसबारेमा घरमा सुनाए । मम्मीबाबा अझ त्रसित बन्नुभयो । अब के गर्ने भन्ने भयो । दादाले छुट्टै कोठामा बस्न भन्नुभयो । मैले घरै बस्छु भने पनि समाचार पढ्नै पर्ने हुन्थ्यो । अनि सरासर एफ.एम. पुग्ने काम सकेर सिधै घर जाने कसैसंग भेटघाट नगर्ने भन्ने निर्णयमा पुगियो ।
रेडियोका प्रवन्धक, समाचार प्रमुख सबै जना होम क्वारेन्टीनमा हुनुहुन्थ्यो । म त्यति संक्रमितको नजिक नभएकाले रेडियो सम्म भने पुग्थे । तर डर चै थियो । मलाई सरले फोन गर्नुभयो । बिम्ली डराउनु पर्दैन । म एक हप्तासम्म होम क्वारेन्टीनमा बस्छु भनेर खबर गर्नुभयो ।
त्यसपछि डर अलि कम भयएको थियो । तर अर्को दिन सरले पिसिआर परिक्षण गर्नु गर्छ भनेर फोन गरेपछि भने मन डराएको थियो । म टेलिभिजन हेर्न छोडेर आफ्नो कोठामा गए । रातभरी निन्द्रा लागेन छटपटि मात्रै भयो । जसोतसो रात बित्यो । बिहान घडीमा साढे ४ बजेको थियो । जबर्जस्ती उठे । नुहाए । फेरी एम.एम जानु पर्ने मन नलागे पनि घरबाट हिडे । शरिरको तागत सकिए जस्तो लाग्यो ।
जबरजस्ती समाचार पढेर सकियो । त्यसपछि घर गए खाना खान मन लागेन । मम्मीलाई आफ्नो अबस्था सुनाए । मम्मीले घरबाट बाहिर नजार अबस्था यस्तो छ भनेको नमान्ने भनेर गालि गर्नुभयो । आफुलाई डरले अझ छटपटि हुन थाल्यो । कोरोनाका लक्षण सकै देखिएजस्तो हुन थाल्यो । ज्वरो आएजस्तो, सास फेर्न गाह्रो भएजस्तो कस्तो कस्तो हुन थाल्यो । घर बस्नै सकेन । तातो पानि तताए । त्यसमा अलिकती बेसार हाले बोतलमा पानि भरे । त्यसपछि बजारतिर हिडे । सिधै मेडिकल गए । ज्वरो चेक गर्न । ज्वरो चै थिएन । डक्टरले नआत्तिन सुझाव दिनुभयो ।
अलि मन सान्त भयो । एफ.एम पुगे । एफ.एममा भिमा कंडेल दिदिलाई आफ्नो अबस्था सुनाए । उहाँ डराउनुभयो । भाबुक सरलाई फोन गर्नुभयो । मेरो अबस्था बताउनुभयो । अनि एकछिन पछि सरको फोन आयो सरले नडराउन भन्दै सम्झाउनुभयो । तर मन मान्नेवालै थिएन । किन किन भित्रै मन देखि डर लागिरहेको थियो । जसोतसो दिन वित्यो ।
साझ कन्ट्याक्ट ट्रेसिङमा परेका ठाकुरबाबामा ८६ जनाको रिपोर्ट नेगेटिभ आएको खबर प्राप्त भयो । डर अलि कम भयो । छोएर मात्रै कोरोना सर्दैन रहेका भन्नेमा ढुक्क भए तर पनि डर अलिअलि थियो ।
अर्को दिन श्रावण ७ गर्ते स्वाब परिक्षण गर्नुपर्छ भनेर सरले फोन गर्नुभयो । म विहानै तयार भए । हामी सदरमुकाम पुग्यो । बाटोमा रेडियो टाइगरका समाचार प्रमुख यज्ञ नेपाल सर र म संगै गयौ । गुलरिया पुगेपछि कसैको अनुहारमा त्यस्तो डर देखेन । मलाई अझ हौसला बढ्यो । त्यसपछि स्वाब संकलन पछि हामी घर फर्कियौ । विहिबार साझ सम्म रिपोर्ट आउने कुरा भएको थियो । मैले बेलाबेलामा सरलाई फोन गरिरहे सरले नडराउन हौषला दिनुभयो ।
साउन ८ गते विहिबार आउने भनेको रिपोर्ट अर्को दिन सर्यो । मनमा छट्पटि एकदमै थियो । अर्कोदिन १०, बजे, ११ बजे, १२ बजे सम्म पनि कुरियो तर रिपोर्ट आएन । दिउसो ३ बजेको थियो । स्वाब संकलन गरिएका १६ पत्रकारमध्ये १५ को रिपोर्ट नेगेटिभ आएको खबर प्राप्त भयो । मनमा एकाएक खुसि भरियो । डर एकैचोटि भाग्यो । मन हलुका भयो । एक हप्ता सम्म मनमा गुम्सीएको त्रास सबै हट्यो । साथिहरुसंग खुसि साटे ।
रिपोर्ट नेगेटिभ आयो । सबै जनाले बधाइ दिनुभयो । कोरोना संक्रमण नभएपनि मानसिक त्रास भने एकदमै भोग्नुपर्यो । कोरोना भनेकै डर रहेछ भन्नेमा विश्वस्त भए । यो डरले त कोरोना नलागेपनि डरैडरले संक्रमित जस्तै पो बनाउने रहेछ भन्ने लाग्यो । यो डरबाट मुक्त हुन आफुमा आत्मविश्वास बढाउनुपर्ने र मन बलियो वनाउनुपर्ने रहेछ भन्ने बुझियो । त्यसकारण लापरबाहि नगरौ, साबधानि अपनाऔ र मन बलियो बनाऔ ।

SHARE