करेन्ट लागेर ३ बालबालिकाको मृत्यु

0
121

भदौ ३१, २०७७ दाङ : दाङमा करेन्ट लागेर ३ जना बालबालिकाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका १० नारायणपुर उत्तर अम्रराईका ४ वर्षीया रेणुका चौधरी, ८ वर्षीय प्रशान्त चौधरी र ३ वर्षीय अमृत चाधैरीको कुलोमा पानी तान्न राखिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
सोही ठाउँको एक घरमा मृत्युपश्चात् शुद्धशान्ति कार्यक्रममा पानी तान्न कुलोमा मोटर जडान गरिएको र त्यही कुलोमा बालबालिकाहरु खेल्दा करेन्ट लागेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए।

SHARE