प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला

0
48

भदौ ३१, २०७७ काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ।
चार वर्षे कार्यकाल पूरा गरेर कुलमान घिसिङ बिदा भएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका हुन्। प्राधिकरण सञ्चालक समितिका अध्यक्ष मन्त्री पुनले कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका हुन्।
ऊर्जा मन्त्रीका प्रेस सल्लाहकार ​दयानीधि भट्टले वरिष्ठताका आधारमा कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको जानकारी दिए।

SHARE