दिवसको अबसरमा बर्थिड. सेन्टरको उदघाटन

0
230

रामकृष्ण कंडेल

भदौ ३०,२०७७ गुल्मी : गुल्मीदरवारमा बर्थिड. सेन्टरको उदघाटन गरिएको छ ।

विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिवद्धता भन्ने नारासहित राष्ट्रिय बाल दिवस २०७७ को शुअवसरमा गुल्मीदरबार गाउँपालिकाले वडा नं। १ को बलिथुम स्वास्थ्य चौकी र वडा नं। २ को जुभुङ्ग स्वास्थ्य चौकीमा सुरक्षीत ‍प्रसुती सेवा मार्फत मातृशिशु र नवशिशुको स्वास्थ्य सुरक्षाको लागि २४ सैं घण्टा प्रसुती सेवा उपलब्ध गराउनको लागि बर्थिड. सेन्टरको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अशोककुमार थापाको प्रमुख आतिथ्यता रहेको थियो भने विशेष अतिथिको रुपमा उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे र स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रम बलिथुममा वडा नं। १ का अध्यक्ष श्री रामबहादुर पल्ली र जुभुङ्गमा वडा नं। २ का अध्यक्ष श्री हरिहर गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा ने।क।पा।का नेता बिष्णु गौतम, जिब बहादुर माझकोटि, नेपाली काङ्रेसका नेता प्रेम पुन राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर माझकोटी लगायतले शुभकामना मन्तब्य दिदै बर्थिङ्ग सेन्टरको सफलताको कामना बयाक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अशोककुमार थापा, विशेष अतिथि उपाध्यक्ष मिना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले मन्तव्य राख्दै सुखी र समृद्ध गाउँपालिका निर्माणको अभियानका लागेको हुँदा नागरिकहरुलाई स्वस्थ राख्दै सुरक्षीत प्रस्तुती सेवा लिई नवशिशुको स्वास्थ्य सुरक्षामा सर्तकता अपनाउनु हुन आम नागरिकहरुलाई अनुरोध गनूृका साथै महिला स्वास्थ्य स्वयंसेविकाहरु नागरिकको घरदैलोमा पुग्ने महत्वपूर्ण भूमिकामा रहनुभएकोले सुरक्षीत र संस्थागत प्रसुतीको लागि सबै नागरिलाई सूसुचित गर्नुहुन अनुरोध गर्दै गाउँपालिकाले सुरक्षीत र संस्थागत प्रसुती मार्फत गर्भवती महिला र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यान दिंदै ूकस्तो छ आमाू कार्यक्रम संचालन गर्न गईरहेकोले कार्यक्रमलाई सफल बनाउन तन, मन र कर्मले सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरे

बलिथुममा कार्यक्रमको स्वागत मन्तव्य अनमी रिम कुमारी श्रीष र सञ्चालन स्वास्थ्य चौकी इन्चार्ज स्वास्थ्य अधिकृत दिल बहादुर थापाले गरेका थिए भने जुभुङ्गमा मनीषा पन्थीको स्वागत मन्तव्य र स्वास्थ्य चौकी सिअ हे व रोशन घर्तीले सञ्चालन गरेका थिए ।

SHARE