आज १२ सय भन्दा बढी नेपाली स्वदेश आउँदै

0
295
फाइल फोटो

भदौ ३०, २०७७ काठमाडौं : आज नियमित अन्तर्राष्ट्रिय तथा चार्टड उडान मार्फत १२ सय भन्दा धेरै नेपाली स्वदेश फर्किँदैछन्।

युएई , ओमान , बंगलादेश , मलेशिया र कतारबाट गरी १ हजार २ सय ६६ जना आउन लागेका नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ। युएईबाट हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई र इतिहाद एयरलाइन्सबाट ७ सय भन्दा धेरै नेपाली आउँदैछन्।
यस्तै ओमानबाट सलाम एयरलायन्सको उडानमार्फत १८० र बंगलादेशको ढाकाबाट हिमालय एयरको उडानबाट ४० जना आउँदैछन्। मलेशियाबाट मालिन्दो एयरबाट १७१ र कतारबाट नेपाल एयरलाइन्सको उडानबाट १५० जना आउन लागेका प्राधिकरणले जनाएको छ।

SHARE