गण्डकीमा १९ जनालाई कोरोना संक्रमण पुष्टि, एकको मृत्यु

0
52

भदौ २९, २०७७ कास्की : गण्डकी प्रदेशमा थप १९ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा सङ्क्रमितहरुको सङ्ख्या २ हजार ९९१ पुगेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जारी गरेको विज्ञप्तिमा क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा स्वाब परीक्षण गर्दा कास्कीको पोखरा महानगरपालिकाका(१७ जना र बागलुङको बडिगाड गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो।
यसै बिच
एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को मध्य बिन्दु नगरपालिका(१२ का ६० वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ। निमोनिया र श्वासप्रश्वास सम्बन्धी समस्या भोगिरहेका उनको उपचारको क्रममा भदौ २६ गते दिउँसो साढे ४ बजे लुम्बिनी अस्पताल रुपन्देहीमा मृत्यु भएको हो। यो सँगै गण्डकी प्रदेशमा ज्यान गुमाउने संक्रमितको संख्या २८ पुगेको छ।

SHARE