सुनखानीमा पहिरो, ५० कामदारको मृत्यु

0
333

भदौ २८, २०७७ : कंगोको एउटा सुनखानीमा पहिरो जाँदा कम्तीमा ५० जना कामदारको मृत्यु भएको छ।

कंगोको दक्षिण किबु प्रान्तको कमितुगा शहरको एक सुनखानीमा पहिरो गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। केही दिन यताको लगातार वर्षापछि सुनखानीमा पहिरो गएको अधिकारीहरुले जनाएका छन्। खानीका लागि खनिएका तीन वटा गहिरो खाडलमा पानी पसेपछि पहिरो गएको हो।

प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले एक विज्ञप्तिमार्फत घटनाको पुष्टि गरेका छन्। मृतक मध्ये केही बालबालिकासहित अधिकांश युवा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। घटनापछि त्यहाँ दुई दिने शोकको घोषणा गरिएको छ। थाहाबाट

SHARE