उपचारका नाममा राजनीति गरे आन्दोलन चर्काउने नेबिसंघको चेतावनी

0
105

भदौ ८,२०७७ःकोरोना माहामारकिो समयमा उपचार नगरी राजनीति गरे नेबिसंघले आन्दोलन चर्काउने चेतावनी दिएको छ ।
नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजिव ढुगांनाले प्रेस विज्ञपति जारी गर्दै यस्तो बताएका हुन् ।
कोरोना महामारीको विषम परिस्थितिमा राज्यले सबै नागरिकको स्वास्थ्य अवस्था प्रयाप्त मात्रमा गर्नुपर्ने अवस्थामा सरकारले कोभिड उपचारमा संलग्न सबै उपत्यकाका सबै अस्पतालहरु र नेपाल एम्बुलेन्स सर्भिसलाई पत्राचार गरि कोभिड १९ का विरामीका लागि छुट्याईएका आईशोलेशन तथा आईसियु बेडहरुमा विरामी भर्ना गर्दा नेपाल सरकारले तोकेका चार जना अधिकृतको सिफारिसबाट मात्र भर्ना गर्नु भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य आपतकालीन कार्यसन्चालन केन्द्रद्वारा मिती २०७७ भाद्र ५ गतेको पत्राचारप्रती नेपाल विद्यार्थी संघ घोर आपत्ति प्रकट गरेको नेबिसंघ महामन्त्रीदिीपक भट्टराईले जानकारी दिए ।।

यस्तो विश्व महामारीको अवस्थामा सरकारले सबै बिरामीलाई सहज रुपमा आकस्मिक स्वास्थ्य सेवा प्रदान नगरी सरकारका केही अधिकारीको सिफारिसका आधारमा मात्र बिरामीलाई आईशोलेशन तथा आइसियु बेडहरु दिने भन्नू वर्तमान सरकार निकट रहेका केही व्यक्तिहरुलाई मात्र बाच्न पाउने अधिकार छ भन्नू नै हो ।
सरकारको यस्तो गतिविधि गैरलोकतान्त्रिक र नेपालको संविधानको धारा ३५ मा भएको स्वास्थ्य सम्बन्धि मौलिक हकको ठाडो उल्लंघन भएको नेबिसंघकि महामन्त्री उर्मिला थपलियाले बताइन् ।।

त्यसकारण केपि सरकारको यस्तो तानाशाही कदमको घोर भत्सर्ना गरिएको छ । सरकारद्वारा आम जनताको स्वास्थ्यमाथि गरिएको खेलवाड कदापि स्विकार्य हुने छैन । कोरोना उपचारमा समेत राजनीति गर्ने सरकारको दुष्प्रयास कदापि क्षम्य नहुने र स्वास्थ्य उपचारमा नागरिकको सहज पहुँच स्थापित गर्न नेबिसंघ सरकारसँग जोडदार माग गर्दै नागरिकको जीवन रक्षाको निमित्त सरकार गम्भीर नहुने र उपचारका नाममा समेत राजनीति गर्ने प्रयास भएमा आन्दोलनको आधिबेरी ल्याउने चेतावनी दिएको नेबिसंघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।हिन्दुखबरबाट

SHARE