गजल “कुशे औशिको सम्झना “

0
211
उपहार दिन नसक्दा केहि  हातमा थिएन बुवा।
म उपहार दिन सक्ने हुदा  साथमा थिएन बुवा।
सपना देखायौ,बाटो देखायौ गन्तव्य हेर्न पाएनौ।
जुनेली  रातमा  निस्केर हेर्छु  रातमा थिएन बुवा।
हो आमाले आकाशका  तारा देखाउदै भन्नुहुन्छ।
खै बिहान हेर्छु शीत मात्र छ  पातमा थिएन बुबा।
लाखौ करोडौको अतिस्व  अटि रहेछ यो शहरमा।
कयौ पटक झस्किदै खोज्छु जमातमा थिएन बुबा।
शुख सुखमा  संगै भए झै महसुस गने  कोसिस गर्छु।
सयौ झरी भिजेको यादको त्यो बर्सातमा थिएन बुबा।
SHARE