तनहुँमा बाढी पहिरोले १५६ घर विस्थापित

0
446
फाइल फोटो

साउन १९, २०७७ तनहुँ : बाढी पहिरोका कारण तनहुँमा १५६ घरपरिवार विस्थापित भएका छन्।

घर भत्किएका र उच्च जोखिममा रहेका घरपरिवार विस्थापित भएका हुन्। विस्थापितहरुलाई छिमेकीको घर, सामुदायिक भवन र विद्यालयमा स्थानान्तरण गरिएको छ। असारको अन्तिम र साउनको पहिलो साता परेको अविरल वर्षापछि गएको पहिरोका कारण ती घरपरिवार विस्थापित भएका हुन्।
सयौं घरमा क्षति पुगेको छ। तनहुँका चार नगरपालिका र छ गाउँपालिकामध्ये ऋषिङ गाउँपालिका, व्यासनगरपालिका र म्याग्दे गाउँपालिमा मानवीयसहितको क्षति भएको छ। म्याग्दे गाउँपालिकामा ८० घरपरिवार विस्थापित भएका छन्।
उनीहरुमध्ये केहीलाई छिमेकी र सामुदायिक भवनमा व्यवस्थापन गरिएको छ । वडा नम्बर ६ का १५ वर्षीया लक्ष्मी विकको पहिराले पुरिएर ज्यान गएको थियो ।
पानी परिरहेकोले उच्च जोखिममा रहेका घरका मानिस दिउँसो बस्ने र रातको समयमा छिमेकी कहाँ गएर सुत्ने गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिए।

SHARE