गुल्मीका अधिकांश स्थानीय तहमा भोली सोमबार सार्वजनिक बिदा

0
344

साउन १८,२०७७ गुल्मी : भोली सोमबार रक्षाबन्धनको अबसरमा गुल्मीका अधिकांश स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।
हिन्दुहरुको महानपर्व रक्षाबन्धनको अबसरमा नगरपालिका मातहतका सबै कार्यालयहरु ,शिक्षण संस्थाहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरेको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले जानकारी दिए ।
यस्तै गुल्मीदरवार गाउँपालिकाले पनि सार्वजनिक बिदा दिएको गाउँपालिकाका प्रमुख लक्ष्मण पाण्डेले जानकारी दिए ।
यस्तै छत्रकोट गाउँपालिका , रुरुगाउँपालिका , चन्द्रकोट गाउँपालिका र सत्यवती गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

 

SHARE