कोरोनाबाट थप एक महिलाको मृत्यु, नेपालमा मृतकको संख्या ५८

0
333

साउन १८, २०७७ काठमाडौं : वीरगञ्जको वयोधा अस्पतालमा कोरोना सङ्क्रमणको कारण एक जना महिलाको मृत्यु भएको छ।
शुक्रबार पीसीआर रिपोर्टमा कोरोना सङ्क्रमण देखिएकी ६८ वर्षीय महिलाको शनिबार साँझ वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

नारायणी अस्थायी कोरोना अस्पताल गण्डकका इन्चार्ज डा निरजकुमार सिंहले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ६८ वर्षीय महिलाको शनिबार साँझ ६ बजे मृत्यु भएको जानकारी दिए। योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

साउन १४ गते स्वास्थ्य अवस्था बिग्रिएर उपचारको लागि वीरगञ्जको गण्डकमा रहेको वयोधा अस्पतालमा भर्ना भएकी ६८ वर्षीय महिलालाई शुक्रबार राति कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

SHARE