रामपुरमा उपप्रमुख सहितको टोलीद्धारा अनुगमन

0
643

सुशीला रेग्मी

साउन १८,२०७७ पाल्पा :रामपुर नगरपालिका वडा नं १० को हेक्लाङ्गफाँट सिंचाई आयोजनाको कुलो तथा स्मार्ट कृषि गाउँ कार्यक्रमको अनुगमन गरिएको छ ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, लेखा अधिकृत रेणुराम ज्ञवाली, स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगाना सहितको टोलीद्धारा अनुगमन गरिएको हो ।

सिंचाईका लागि पानी ल्याइएको हेक्लाङ्गफाँट कुलो वर्षाले पहिरो गएपछि उपप्रमुख आचार्यले अनुगमन गरेकी हुन । कुलोको गहिरे पहिरो भन्ने स्थानमा करिव २५ मिटरमा पहिरो गएपछि क्षति पुगेको छ ।

यसैगरी प्रदेश नम्बर पाँच सरकारबाट संचालित स्मार्ट कृषि गाउँ कार्यक्रम, रामपुर नगरपालिकाकोे सहयोगमा संचालित बाँझो भूमी पुनः सहयोग कार्यक्रम अन्र्तगत मकै खेतीको नगरपालिकाको टोलीले अनुगमन गरेको हो ।
नगरपालिकाले दुई वर्ष देखि खेती गर्न छाडिएका बाँझो जग्गामा तरकारी खेतीका लागि एक रोपनीको पाँच हजार र मकै खेतीका लागि तीन हजार रकम सहयोगका कृषक छनौट गरी कार्यक्रम अगाडी बढाएको छ ।

यसैबीच वडा नं १० स्थित गेझा स्वास्थ्य चौकीमा रोटा भाइरस खोप अभियान कार्यक्रमको अनुगमन भएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, लेखा अधिकृत रेणुराम ज्ञवाली, स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगाना सहितको टोलीद्धारा अनुगमन गरिएको हो ।

जन्मेको छ हप्ता देखि दश महिना सम्मका बालबालिकालाई हिजो देखि रामपुर नगरपालिकामा झाडापखाला रोग बिरुद्धको रोटा भाइरस अभियान कार्यक्रम सुरु भएको छ । जन्मेको छ हप्ता देखि दश हप्ता सम्मका बालबालिकालाई यस भन्दा अगाडी सम्म विभिन्न रोग बिरुद्धका ११ वटा मात्र खोप दिइने गरेकोमा अब देखि भने रोटा भाइरस खोप थप भई १२ वटा खोप दिइने नगर स्वास्थ्य संयोजक तीर्थप्रसाद ढुंगानाले बताए ।

रोटा भाइरस बिरुद्धको खोप अभियान कार्यक्रम संचालन भएका नगरका विभिन्न केन्द्रमा पुगेर अनुगमन गर्ने कार्य भइरहेको र कोरोनाको जोखिमबाट सजग रहेर सेवा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरिएको प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्यले बताए ।

SHARE