चेम्बर अफ कमर्सले गर्यो कर अधिकृतलाई स्वागत

0
545

हुमाकान्त पोखरेल
साउन १७,२०७७ गुल्मी : गुल्मी चेम्बर अफ कमर्सले करदाता सेवा कार्यालय, गुल्मीका कार्यालय प्रमुखलाई स्वागत गरेको छ ।
शनिबार चेम्बरकै कार्यालयमा एक कार्यक्रमको आयोजना गरि कार्यालय प्रमुख विनोद माझीलाई टीका तथा खादाले स्वागत गरेको हो ।

कार्यक्रममा बोल्दै संस्थाका संरक्षक दुर्गाप्रसाद पाण्डेले आफुहरूले कार्यालय स्थापनाको लागि धेरै पहिलेदेखि नै पहल गरेकोमा अहिले कार्यालय स्थापना हुँदा खुसि लागेको बताए ।
कार्यालय स्थापना भएसँगै व्यवसायीहरूलाई कर तिर्नको लागि पाल्पा वा बुटबल जानुपर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।
करदाता सेवा कार्यालयका प्रमुख माझीले आफुले सरल रूपमा सेवा प्रदान गर्ने प्रतिवद्वता जनाए । त्यसका साथै उनले सरकारले जारी गरेको आर्थिक एेन र व्यवसायीले तिर्नुपर्ने करको बारेमा पनि प्रष्ट पारेका थिए ।
चेम्बर अफ कमर्सका महासचिव कृष्ण भण्डारीले कार्यालयबाट प्रदान गरिने सेवा चुस्त दुरूस्त हुनेमा आफु विश्वस्त रहेको बताए । नेपाल सरकारको २०७६ साल पौष २१ गतेको निर्णयअनुसार गुल्मीमा करदाता सेवा कार्यालयको स्थापना भएको हो ।
नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग अन्तर्गतको करदाता सेवा कार्यालयले सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगपालिका १ क्याम्पसरोडमा कार्यालय स्थापना गरेको छ । जिल्लामा करदाता सेवा कार्यालयको स्थापनासँगै करसम्बन्धी सेवा लिनका लागि पाल्पा जानुपर्ने बाध्यताबाट जिल्लाबासी मुक्त भएका छन् ।

कर सम्बन्धी सेवा प्रवाह, बजार अनुगमन, व्यवसायलाई करमा दर्ता गर्ने, कर संकलन गर्ने, कर सम्बन्धी शिक्षा दिने साथै चाहेका व्यवसायीको व्यवसाय खारेज गर्ने लगायतका सेवाहरु शुभारम्भ गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भएको लकडाउनले तिर्नं नपाएको कर पनि अब सहज रुपमा तम्घासबाटै तिर्न पाउने चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष विरेन्द्र भुसालले बताए।

SHARE