गुल्मीमा पहिरो एकै घरका चार जनाको मृत्यु :सबैको पहिचान खुल्यो

0
337
फाइल फोटो

साउन १६,२०७७ गुल्मी : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नं ५ आटीपाटामा पहिरो जाँदा एकै घरका ४ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती करिब ९ बजेतिर घर माथिबाट आएको पहिरोका कारण अन्दाजी ३० बर्षकी बिना माझी उनका अन्दाजी १० बर्षका छोरा सागर ७ बर्षका छोरा हेमन्त र अन्दाजी १० महिनाकी छोरी बिनीताको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए ।
अहिले स्थानीय र प्रहरीको सहयोगमा उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । बर्षा भइरहेकाले उद्धारमा समस्या भएको प्रहरीले जनाएको छ ।

SHARE