पितृप्रसाद लिँदा बिरामी परेपछि रामपुरमा पसल अनुगमन

0
974

सुशीला रेग्मी

साउन १४,२०७७ पाल्पा : पितृप्रसाद लिँदा बरामी परेपछि रामपुर नगरपालिकाले बजार अनुगमन गरेको छ ।
रामपुर नगरपालिका वडा नं ७ स्थित मोहटीमा ओमबहादुर सुनारका बुबा मानबहादुर सुनारको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद ग्रहण गरेका आफन्त, छिमेकी, स्थानीय बिरामी परेपछि सामान किनमेल गरेका पसलहरुमा अनुगमन गरेको छ ।

रामपुर बेझाड बजारका फ्याम्ली सपिङ्ग सेन्टरबाट पाउडर दुध, प्रतिमा प्रतिक इन्टरप्राइजेजबाट राज्मा, हिमालयन प्रोभिजन स्टोर्सबाट चुक (अमिलो) खरिद गरी लगिएको जानकारी पाएपछि अनुगमन गरिएको छ । शुद्धशान्तिका लागि पसलबाट लगिएका पाउडर दुध, राज्मा, चुक (अमिलो) अनुसन्धानका लागि शिल गरिएको छ ।

नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यको संयोजकत्वमा प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य, ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख अशोककुमार आचार्य, ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख भिमबहादुर कार्की, रामपुर नगरपालिकाका सुचना अधिकारी रामहरी पाण्डेय, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, रामपुर नगरपालिका ५ का अध्यक्ष हिमाल मल्ल, कार्यपालिका सदस्य सावित्रा गौतम, नगरपालिकाका कर्मचारी, पत्रकार लगायतको टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा पसलमा म्याद नाघेका तथा गुज्रेका सामग्री टोलीले जफत गरी नष्ट गरिएको छ ।

पितृप्रसाद लिँए पछि धेरै जना एकै पटक बिरामी परेर अस्पताल भर्ना भएपछि खरिद गरेर लगिएका सामानहरु अनुसन्धानका गर्न पसल अनुगमन गरिएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक विष्णुदेवी घिमिरे आचार्यले बताइन् ।

यही साउन ११ गते आईतवार मानबहादुर सुनारको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद खादा बिरामी परेकामध्ये ३५ जना लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको छ भने दश जना रामपुर अस्पतालमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए ।

SHARE