गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

0
322

असार २७,२०७७ गुल्मी : गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नं १ हुँगाकी ३३ बर्षकी गिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्थले जानकारी दिए ।
शुक्रबार साँझपख घाँस काटन भनी घरबाट हिडेकी नेपाली अबेरसम्म घरमा नआएपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।
शनिबार खोजी गर्दा उनको शब भीरदेखि करिब १५० मिटर तल फेला परेको र शबलाई पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

SHARE