तालिम पश्चात आत्मनिर्भर बन्न सकिने थाहा भयो

0
183

तिलाचन पाण्डे
असार २७,२०७७ गुल्मी : गुल्मीदरवार गाउँपालिका वडा नं ३ की ४२ बर्षिय बालकुमारी घर्तीलाई बेमौसमी तरकारीको नर्सरी कसरी गर्ने भन्ने बारेमा थाहा थिएन् ।
कसरी नर्सरी गर्ने , कुन समयमा कुन जातको बिरुवा लगाउने भन्ने बारेमा केही ज्ञान थिएन् । अहिले आएर गाउँमै बेमौसमी तरकारी खेती सम्बन्धी तालिम पाउँदा अब आँफूलाई तरकारी खेतीमा लाग्ने प्रेरण मिलेको उनी बताउँछिन् ।
यस्तै सोही स्थानकी २५ बर्षिय राधिका बिकले अब आफू ब्यबसायीक बेमौसमी तरकारी खेतीमा लाग्ने बताइन् । उनले आँफूले तालिम लिएपछि धेरै कुराहरुको ज्ञान पाएको र तरकारी खेतीबाटै आत्म निर्भर बन्न सकिने रहेछ भन्ने जानेको उनले बताइन ।
ब्यबसायीक रुपमा बेमैसमी तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने भन्ने बारेमा आँफूलाई थाहा भएकाले आफू संगै उद्यमशिल समूहमा रहेका ११ जना सबैलाई साथमा लिएर तरकारी खेती गर्ने उनले दाबी गरिन् ।
घरेलु तथा साना उधोग बिकास समिति गुल्मीको आर्थिक सहयोगमा गरिबी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्र्तगत ग्रामीण उद्यमशिललता बिकास केन्द्रको सहजीकरणमा उनीहरुलाई छोटो अबधिको तालिम दिइएको हो ।
तलिम पश्चात उनीहरुलाई ब्यबसायीक रुपमा तरकारी खेतीका लागि प्लाष्टिक टनेल तथा अन्य आवश्यक सामग्रीहरु प्रदान गरिएको घरेलु तथा साना उद्योग बिकास समिति गुल्मीका कार्यलय प्रमुख लक्ष्मण घिमिरेले जानकारी दिए ।
आफनो हातमा सीप भएपछि हात थाप्नु पर्दैन
तालिम संगै आफूहरुको हातमा सीप भएपछि अब केही पैसा चाहिए कसैसंग हात थाप्न नपर्ने उनीहरुले बताएका छन् । सामान्य पैसा चाहिए पनि घरपरिवारसंग हात थाप्नुपर्ने अबस्थाको अन्त्य हुने उनीहरुले बताएका छन् ।
बेमैसमी तरकारी खेतीबाट राम्रो आम्दामी लिन सकिने भएपछि आफूहरु आत्म निर्भर बन्न सक्ने उनीहरुले बिश्वास लिएका छन् । उनीहरुले अहिले प्लाष्टिक टनेलमा काउली , टमाटर लगायतका बिरुवाहरु रोपेका छन् ।
२६ वटा समूहका ३४८ जनालाई तालिम प्रदान
कार्यलयले जिल्लाका २६ वटा समूहमा आबद्ध ३४८ जनालाई छोटो अबधी र लामो अबधि गरी तालिम प्रदान गरेको जनाएको छ ।
घिमिरेका अनुसार बेमौसमी तरकारी खेती , ब्यबसायीक बाख्रापालन , सिलाई कटाई , ब्युटीपार्लर , मुढाबुन्ने तालिम , तान बुन्ने लगायतका तालिमहरु दिइएकोे जानकारी दिए ।
तालिम लिनेमा ९० प्रतिशत महिलाहरु रहेकाले महिलाहरुले लिएको तालिमबाट लघु उद्यमी बन्न सक्ने र उनीहरु आत्म निर्भर बन्न सक्ने बताइएको छ ।
तालिम लिएकाहरुलाई कार्यालयले उपकरण र प्रबिधि समेत उपलब्ध गराउने घिमिरेले दाबी गरे । तालिम पश्चात उनीहरुलाई आत्म निर्भर बनाउनु नै कार्यलयको उद्येश्य रहेको घिमिरेले बताए ।
कार्यालयको आर्थिक सहयोगमा ग्रामीण उद्यमशिलता बिकास केन्द्र बाग्लुङ र नेपाल युवा बिकास मंच ललितपुरले सहजीकरण गरेको हो ।

SHARE