गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कतै हेलिप्याड , कतै बिद्यालयको भबन निर्माण

0
2242
फाइल फोटो

तिलाचन पाण्डे
असार २७,२०७७ गुल्मी : गुल्मीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कुनै स्थानीय तहमा हेलिप्याड निर्माण गरेका छन् भने सडकका नाली बनाउने काममा रकम खर्च गरिएको छ ।
सरकारले बेरोजार युवाहरुलाई न्यूनतम रोजगारी दिने उद्येश्यका साथ यो कार्यक्रम संचालन गरेको हो । गुल्मीका कुन स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरेका कार्यहरु हेलिप्याड निर्माण देखि सडकका नाली निर्माण गर्ने कार्यहरु गरेका छन् ।
इश्माका प्रत्येक वडामा हेलिप्याड
जिल्लाको इश्मा गाउँपालिकाले प्रत्येक वडामा हेलिप्याड निर्माण गरेको छ ।
बिपदको समयमा केही समस्या आउन सक्ने र हेलिमार्फत उद्धार तथा राहतका कार्यमा जुट्न पर्ने भएकाले ६ वटा हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए ।


चन्द्रकोटमा बिद्यालयको कक्षाकोठा निर्माण
चन्द्रकोट गाउँपालिकाले किसीकोट प्राथमिक बिद्यालयमा सो कार्यक्रम मार्फत एक कोठे भबन निर्माण संगै गाउँपालिकाको परिषरमा फूलबारी निर्माण गरिएको अध्यक्ष द्धोर्ण खत्रीले जानकारी दिए ।
यस्तै स सना कुलो ,गोरेटे बाटो निर्माण गरिएको, र श्रमीकहरुको अनिवार्य रुपमा बैङक खाता खोली बैङक मार्फत भुक्तानी दिइएको गाउँपालिकाले जनाएको छ ।


मदानेमा वडाकार्यलमा सिँढी निर्माण
मदाने गाउँपालिकाले भनभने र मलागिरी वडामा जाने सिँढी निर्माण गरेको गाउँपालिकाका प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए ।
यस्तै सडकका बिभिन्न स्थानहरुमा वाल लगाउने लगायत स सना भौतिक पुर्वाधारका कामहरुमा लगाइएको भण्डारीले बताए ।


रुरुमा श्रङगेश्वर तपोभूमिमा जाने पैदल मार्ग निर्माण
रुरुमा श्रङगेश्वर तपोभूमिमा जाने पैदल मार्ग निर्माण संगै परिषर वरपर सरसफाई गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले जानकारी दिए ।
यस्तै पोखरी संरक्षण , गोरेटा बाटाहरु निर्माणका कार्यमा सो बजेट खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।
कालीगण्डकीमा गाउँघर स्वास्थ्य क्लिनिक निर्माण
कालीगण्डकी गाउँपालिकाले वडा नं ४ पुर्तिघाट डाडाँमा (हेल्थ हट) गाउँघर स्वास्थ्य क्लिनिक निर्माण , सिंचाई पोखरी निर्माण , कुलो मर्मत लगायत सडकका नाली निर्माण जस्ता कार्यमा लगाइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए ।
यस्तै वडा नं २ को अर्बेनी भएकोटको प्रबेशद्धारमा गेट निर्माण , स¬—सना भौतिक पुर्वाधारका कार्यक्रममा रकम खर्च गरिएको गाउँपालिकाले जनाएको छ ।
यस्तै मालिका गाउँपालिकामा पानीका मुहान सरसफाई , मालिका मन्दिरमा जाने पैदल मार्ग निर्माण जस्ता कार्यहरु गरिएको गाउँपालिकाका प्रबक्ता शोभाखर गिरीले जानकारी दिए ।
यस्तै सडकहरुमा नाली निर्माण गर्ने , पँधेराहरु निर्माण गर्ने कार्यमा रकम खर्च गरिएको छ ।
गुल्मीदरवारमा पहिरो पन्छाउने
गुल्मीदरवारमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पहिरो पन्छाउने कार्यमा लगाइएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए ।
सडकमा झरेका पहिरोहरुलाई पन्छाउने र सामान्य पुर्वाधारका काममा श्रमीकहरु लगाइएको गाउँपालिकाले जनाएको छ ।
धुर्कोटमा प्रतिक्षालय र बृक्षारोपण
धुर्कोट गाउँपालिकाले प्रतिक्षालय निर्माण र बृक्षारोपणमा रकम खर्च गरेको छ ।
गाउँपालिकाले यो संगै पोखरी निर्माण , चौपारी निर्माण , गोरेटो बाटो लगायत नाली बनाउने कार्यमा लगाइएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
मुसिकोटमा लेन्थ वर्कर
मुसिकोट नगरपालिकाले ९३ जनालाई रोजगार दिएको छ । नगरपालिकाले ९३ जनालाई लेन्थ वर्करको रुपमा सडकका काममा लगाइएको नगर प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।
नगरपालिका भित्रका बिपन्न र रोजगार विहीनहरुलाई रोजगारी दिइएको सापकोटाले दाबी गरे ।
रेसुङगा नगरपालिकाले पार्क निर्माण , पानीका मुहान संरक्षण , बाटोका नालीहरु निर्माण , सोलिङ गर्ने कार्यहरुमा रकम खर्च गरिएको प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

 

SHARE