“बुबाआमा हजुरकै पाँउको थोरै जल पठाइदिनु”

0
1030
 “गजल”
“बुबाआमा हजुरकै पाँउको थोरै जल पठाइदिनु”
प्रदेशी लाई आशीर्वाद संगै थोरै बल  पठाइदिनु।
बुबा आमा हजुरकै पाँउको थोरै जल पठाइदिनु।
कोही छैन आफ्नो यहाँ,त्यहि घरको याद बाहेक।
मिल्छ आमा, काखमा निदाएको पल पठाईदिनु।
उहीँ गन्ध र स्पर्सले आधा रोग निको हुन्छ मेरो त।
मन पोल्यो आमा, पसिना पुछेको सल पठाईदिनु।
गार्हो हुन्छ मरुभूमिमा पसिनासंग पैसा साट्न यहाँ,
बालुवामा मन र आँसु बहलाउन सितल पठाईदिनु।
देश धान्ने सपना बोकेका हामी, फर्कने सपना देख्छौ।
सरकार बस बाकसमा फर्कन नपर्ने पार्सल पठाईदिनु।
                          “Dear गुराँस) डियर गुराँस “
SHARE