बर्दियाका थप ४ जनाले जिते कोरोना

0
310

विमला ढकाल,

जेठ २७ ,२०७७ बर्दिया  : बर्दियाका थप ४ जना कोरोना संक्रमितले कोरोना जितेका छन् ।
दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा आइसोलेशनमा उपचारारत ४ जनाको पछिल्लो पटकको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी उनीहरुलाई घर पठाइएको हो ।
बर्दियाको बाँसगढि नगरपालिकाका १ जना र गुलरिया नगरपालिकाका ३ जना गरि ४ जना आजै डिस्चार्ज भएका जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्ण गोपाल चौकरीले बताए । बाँसगढिका एक जनामा जेष्ठ ११ गते तथा गुलरियाका ३ पुरुषमा जेष्ठ १२ गते संक्रमण पुष्टि भएको थियो ।
केहि दिन पहिले भारतमा रोजगारी गरी घर फर्किएका उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । यससँगै बर्दियामा हालसम्म कोरोनालाई जितेर घर फर्कनेको संख्या ७ पुगेको छ । यसअघि बर्दियाको बढैयातालका एक युवा १५ दिनमै कोरोनालाई जितेर घर फर्किएका थिए ।
राजापुरकी एक बालिका र गुलरियाका एक युवक पनि उपचारपनि निको भएर घर फर्किसकेका छन् । बर्दियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार एकै दिन १९ जना संक्रमित थपिए संगै संक्रमितको संख्या ६० पुगेको छ ।

SHARE