बर्दियामा थपिए कोरोनाका १८ संक्रमित ,संक्रमितको संख्या ५९ पुग्यो

0
286

विमला ढकाल,

जेठ २६ ,२०७७ बर्दियाः बर्दियामा एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट रोजगारी गरेर घर फर्किएका क्वारेन्टाइमा बसिरहेका बर्दियाका ४ पालिकाका १८ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए ।
आज थपिएका मध्ये बर्दियाको बाँसगढि नगरपालिकामा ९ जना, मधुवन नगरपालिकामा ४ जना, ठाकुरबाबा नगरपालिकाका ३ जना र बारबर्दियाका २ जना संक्रमित थपिएका स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
बासगढि नगरपालिका वडा नम्बर २ का ४ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर वडा नम्बर ५ का १ जना, वडा नम्बर ७ का १ जना र वडा नम्बर ९ का १ जना रहेका छन् । मधुवन नगरपालिका वडा नम्बर ४ का ३ जना र वडा नम्बर ९ का १ जना रहेका छन् ।
यसैगरि ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर ४ का १ जना पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको हो । यस्तै बारबर्दिया नगरपालिका वडा नम्बर ७ का २ जनामा पनि कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
संक्रमित सबै जना क्वारेन्टिनमा बसिरहेका र उनिहरुको आरडिटि परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब संकलन गरि पिसिआर गरिएको जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले बताए । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा १८ जनामा कोरोना पुष्टि भएको हो ।
सोमबार एकैदिन १८ जना संक्रमित थपिएसंगै बर्दियामा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । यसअघि शनिबार एकै दिन बर्दियाका २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमित मध्ये बर्दियाको बढैयातालका एक १९ वर्षीय युवक हिजो मात्रै डिस्चार्ज भएर घर फर्किएका छन् । यो संगै बर्दियामा उपचारपछि निको हुनेको संख्या ३ पुगेको छ ।

SHARE