गुल्मीकी सुनार डेढ बर्षदेखि दाम्लोमा बाँधिएर मृत्यु कुर्दै

0
666

मनोज कार्की
जेठ २४ गुल्मी :कठै बरा भगबान्ले पनि के के बरदान दिन्छन्न् मानिसलाई , कसैलाई जिन्दगी भर हर्ष र खुसि मात्र । कसैलाई आशु र पिडा मात्रै । हे भगवान्को पनि के लिला हो यो । बारम्बार भगवान् संग प्राथाना गर्दै आशुनै आशुमा दिन रात बिताईरहेकि छिन् । गुल्मी मालिका गाउँपालिका वडा नं सात टुनिखोलाकी कमला सुनार ।
दिनभर ज्याल मजदुर गरेर जिबिको पार्जन गर्ने सुनारको कथा ब्याथा निकै दयनिय छ । आर्थिक अबस्था कमजोर भएकै कारण मृत्युलाई कुर्दै सुरज सुनारकि श्रीमती कमला सुनार पशु जस्तै दाम्लोमा बाँधिएर दिन कटाई रहेकी छिन् ।
तर यस्ता किसिमका दःुख र रोग यिनलाई मात्र नभई संसारका केहि मान्छे पर्दै ,भोग्दै र देख्दै आएका छन् । तर यि टुनिखोलाकि कमला कथा अझ दर्दानक छ । सुनार आाफ्ना इच्छाले चाहेर पनि रोगलाई निको पार्ने औषधि किन्न नसकेपछि घरको दैलोमा बाँधिएकि छिन् ।
उनका श्रीमान् सुरजले आखाँ भरि गहगह आशु झार्दै आर्थिक अबस्था कमजोर भएकै कारण मेरी श्रीमति मृत्युलाई कुर्दै दाम्लोमा बाँधिन बाध्य भएकि छिन् तर म यस्तो दृश्य हेर्न पनि नसक्दा हेर्न बिबश छु । तर तिनको घरमा गई परिवार र उनलाई हेर्दा आशु नरसाउने त को नै होला र
सुनारले आर्थिक अबस्था नाजुक भएकै कारण आाफ्ना सन्तानलाई पनि राम्रो शिक्षा दिक्षा दिन सकेनन् । आज शिक्षा नभएकै कारण आज कहिले भारत त कहिले नेपाल भएका छन् ।
बरु म एक छाक खाएर जीबन निर्वाह गर्दथ्ये तर मेरो श्रीमतीले उपचार पाई निको भएमा भन्दै आफ्नो दुख ब्यक्त गरे । यदि सबैको सहयोग पाई उसलाई बचाउन सकेमा पहिलो धर्तिमा टेक्दाको खुसि जस्तो दोस्रो खुसि मिल्थ्यो । उनको उपचारको लागि २०७६ सालमा भैरहवामा करिब २ लाख खर्च भएको थियो । फेरी पैसा नभएकै कारण औषधिलाई निरन्तरता दिन नसक्दा रोग फेरी फर्किएको परिबारको भनाई छ ।
छोरीहरुको बिबाह भईसकेको छ तर छोरा कमाउँन गए आमा बिमारी भएकै कारण घरमा आउन बाध्य भएका हुन् ।
यस्तो परिवारको समस्या स्थानियले देखेपछि संचारकर्मि सुमन पन्थीलाइ खबर गरि मिडियाको सहयोग मागे । पन्थीले आफ्नो युटुब च्यानलबाट उनको कथा ब्याथा राखिदिएपछि केहि देश बिदेशबाट सहयोग मिल्न थालेको छ । कमलाको मासिक गुमेका कारण १ बर्ष सम्म बिस्तारामै छिन् ।
पत्रकार मनोज कार्कीको पहलमा गुल्मी घमिरबाट रोजगारिको लागि ओमन रहेका बिजय परियारको आर्थिक सहयोगमा २५ केजि चामल ,२ केजि दाल ,३ साबुन, १ पोका नुन,२ पोका तेल , आधा केजि चिनी र चिया सुमन पन्थी,मनोज कार्की , वडा नं ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले खाध्यान्न बितरण गरिएको हो ।

केहि दिन अगाडि आफै सुमन पन्थीले पनि खाध्यन्न गरेका थिए । सुनारकी श्रीमतीको उपचारको लागि आफुले सक्दो सहयोग गर्ने र देश बिदेश बासिले ,पनि आ आफ्नो ठाउँबाट सक्दो सहयोग गरि उनको उपचार गरिदिन अपिल गरेका छन् ।
सुनारले आफ्नी श्रीमतीको हाल सम्म नागरिकता नबनाईदिएकाले आबश्यक कागजपत्र वडा बाट मिलाईदिने भन्दै वडा कार्यलयमा आउनको लागि वडा अध्यक्ष पन्थीले आग्रह गरे । यदि सहयोग गर्ने चाहानुहुने महानुभबले मनोज कार्की ९८५७०६७७३८ र सुमन पन्थी ९८६७३९३८७३ फोन गर्न सक्नुहुने छ । सुनारको श्रीमतीको उपचारको लागि १ लाख लाग्ने अनुमान गरिएको छ ।

SHARE