गुल्मीमा आइतबार देखि बिधुत महशुल संकलन काउन्टर खुल्ने

0
1160

तिलाचन पाण्डे
जेठ २३,२०७७ गुल्मी  : लामो समयदेखि लकडाउनका कारण रोकिएको बिधुत महशुल संकलन काउन्टर २५ गते  आइतबार देखि खुल्ला रहने भएको छ ।
नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र गुल्मीले एक सूचना जारी गर्दै यहि जेठ २५ गते आइतबार देखि महशुल संकलन काउन्टर खुल्ला गरिने बितरण केन्द्र प्रमुख नारायण अर्यालले जानकारी दिए ।
यस अबधिमा मिटर रिडिङ नभएकाले बिगतको खपताई आधार मानी बिलिङ गरिएको समेत उल्लेख गरिएको छ ।
कोरोना भाइरसका कारण देश नै लकडाउनमा रहेको सन्र्दभमा पनि कार्यलयबाट अत्याबश्यक सेवाहरु प्रबाहा भइरहेको बताउँदै कम कर्मचारीहरु भएपनि निरन्तर सेवामा लागि रहेको कार्यलयले जनाएको छ ।
बिधुत महशुल भुक्तानीका लागि कार्यलयमा आउने ग्राहकहरुका लागि सामाजिक दुरी कायम गर्दै गेटबाट भित्र पस्दा साबुन पानीले हातधुने ब्यबस्था गरिएको कार्यलयले जनाएको छ ।


जरिवाना लाग्दैन  : आयफाँट
लकडाउन अबधिभरको बिधुत महशुल भुक्तान गर्न बाँकी रहेका ग्राहकहरुको लागि जरिवाना नलाग्ने आय फँटले जानएको छ ।
यस समय अबधिको महशुल भुक्तानीमा केही जरिवाना नलाग्ने र त्यस अगाडी अर्थात चैत भन्दा अगाडीको महशुल बुझाँउन बाँकी रहेकाहरुको भने जरिवाना लाग्ने आय फाँटले स्पस्ट पारेको छ ।

SHARE