कोरोना जिते लगत्तै जेल चलान

0
301

जेठ २२,२०७७ बैतडी  : बैतडीमा कोरोना जिते लगत्तै एक ब्याक्ति जेल चलान भएका छन् ।
बैशाख १५ गते कर्तब्य ज्यान मुद्धामा हिरासदमा रहेका युवालाई जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
शिबबनाथ गाउँपालिका २ का २२ बर्षिय युवा जिल्ला अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिएको थियो ।
लगातार २ पटक गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएकाले उनलाई डिस्चार्ज गरिएको अस्पतालका डाक्टर बसन्तराज जोशीले जानकारी दिए ।
जिल्ला अदालत बैतडीले उनलाई पुर्पक्षका लागि  जेल चलान गर्न आदेश दिइसेकाले उनलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।

 

SHARE