क्वारेन्टाइनमा खटिएकी स्वास्थ्यकर्मीमा कोराना संक्रमण

0
761

जेठ २०,२०७७ कपिलबस्तु  : कपिलवस्तुको शिवराज नगरपालिका स्वास्थ्य शाखामा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ ।
शिवराज नगरपालिका वडा न ५ चन्द्रौटा स्थित राष्ट्रिय माविको क्वारेन्टाइनमा खटिएकी २४ वर्षीय स्वास्थयकर्मीमा कोरोना पुष्टि भएको शिवराज नगपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिए ।
उनीसँग सम्पर्कमा रहेकाहरुको बारेमा जानकारी लिने तयारी भइरहेको उनले बताए ।
त्यस्तै मंगलवार मात्र शिवराज नगरपालिकामा थप १५ जनामा कोरोना पुष्टि भएको छ । नगरको वडा न ३ का ३ जना पुरुष,वडा न ४ का पुरुष २ जना,वडा न ५ मा दुई महिला र दुई पुरुष,वडा न ६ का १ जना,वडा न ८ का पुरुष १ जना,वडा न १० का पुरुष १ जना र वडा न ११ का पुरुष ३ जना गरी एकै दिन १५ जना संक्रमित भएका हुन् ।
अहिले सम्म नगरका ४८ जनामा कोरोना संक्रमण देखिएको र सबैको अवस्था सामान्य रहेको छ ।
संक्रमित ४७ जना भारतवाट आएका नागरिकहरु रहेका छन् । दाङमा उपचाररत एक जना कोरानो मुक्त भएर घर फर्किएका छन् ।
शिवराज नगरपालिकाले निर्माण गरेको आइसुलेशनमा ३९ जना रहेका छन् । आज भेटिएका नया संक्रमित मध्ये ५ जनालाई बुटवलमा पठाउने तयारी भइरहेको छ,भने ३ जना दाङमा उपचाररत रहेका छन् ।

SHARE