बिदेशमा ज्यान गुमाई रोकिएका शबलाई नेपाल ल्याइने

0
536

जेठ २१,२०७७ काठमाण्डौ  : सरकारले लकडाउनका कारण बिदेशमा ज्यान गुमाई रोकिएका शबहरुलाई पनि नेपाल ल्याउने भएको छ ।
नेपाल सरकार मन्त्रिपरिषदको यहि जेठ १२ गतेको बैठकले स्विकृत गरेको कार्ययोजनामा नेपाल फर्कन चाहने र बिदेशमा ज्यान गुमाएकाको शबलाई पनि नेपाल ल्याउने उक्त कुरालाई पनि समाबेश गरिएको हो ।
बिदेशमा कोरोनाका कारण ज्यान गुमाएकाहरुको शबलाई परिवारको सल्लाहा अनुसार उतै दाहासंस्कार गर्ने समेत उल्लेख गरिएको छ ।
कोरोना बाहेक अन्य कारणले ज्यान गुमाएकाहरुको शबलाई परिवारले नेपाल ल्याउने अनुरोध गरेमा छुट्टै जाहजको ब्यबस्था गरेर ल्याउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रबक्ता सुमन घिमिरेले जानकारी दिए ।

SHARE