दाङमा ८ जनाले कोरोना जिते

0
323
जेठ १६,२०७७ दाङ:  कोरोना विशेष अस्पताल बेलझुण्डी दाङबाट ८ जनाले कोरोना जितेर आज घर फर्कन लागेका छन् ।
अस्पतालका व्यवस्थापक द्रोण वलीका अनुसार आज घर फर्कनेमा दाङ गढवाका १ जना, कपिलवस्तुका ४ जना र बाँकेका ३ जना रहेका छन् । “८ जनालाई नै अहिले १२ वजे डिस्चार्ज गरिने भएको छ ” वलीले भने ।
संक्रमितहरुको २ पटकसम्म चेकजाँच गर्दा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गर्न लागिएको हो । “७ दिन र त्यसको ४८ घण्टापछि पनि चेकजाँच गर्दा नेगेटिभ आएपछि कोरोना संक्रमणबाट मुक्त भन्ने बुझिन्छ । ” वलीले भने ।
कोरोना अस्पतालमा ४५ जनाले उपचार गरिरहेकोमा अहिले ३७ जनाले उपचार गरिरहेका छन् । डिस्चार्ज हुने सबै जेठ २ गते अस्पतालमा आएका थिए ।
SHARE