सबैको सपना राम मन्दिर

0
697

विष्णुप्रसाद लम्साल
                                                रक्ताम्भोजदलभिरामनयनंपीताम्बरालङ्कृतं
                                                श्यामाङ्गं द्धिभुजं प्रसन्नवदनं श्रीसीतयाशोभितम् ।
                                                कारुण्यामृतसागरं प्रियगणैभ्र्रात्रादिभिर्भा्वितं
                                               वन्दे विष्णुशिवादिसेव्यमनिशं भक्तेष्टसिद्धिप्रदम् ।।
बाबु यो घर कहिले बन्छ ? बुढी आमाले सोध्नुभयो र भन्नु भयो मर्नु भन्दा अगाडी यो घर बनेको देखेर मर्ने इच्छा छ बाबु । आमा यो घर बनेको देखेर मर्ने इच्छा धेरैको छ । धर्मशास्त्रमा उल्लेख भए अनुसार भगवान श्री राम सीता चौध वर्ष वनबासको क्रममा यस क्षेत्रमा पनि आउनु भएको साथै बसोबास समेत गरेको यहाँका प्रमाणहरु जस्तै सीता जी को स्नानको लागी निकालेको पानी सीताकुण्ड जहाँ कहिल्यै पनि सुक्खा हुँदैन त्यसैगरी रामचुलो, रामघाट, राम मन्दिर, राम कुवा, राम्चे साथै कृष्ण गण्डकीको तटहरmमा यात्राको क्रममा रहेका निसानाहरु प्रष्ट देख्न सकिन्छ ।
साथै मुक्तिनाथको शिरबाट बगेको पबित्र नदी कृष्ण गण्डकी जुन नदीहरmमा पवित्र मानिन्छ, जसका गर्भमा शालिग्राम हुनुहुन्छ र प्राकृतिक दृष्टीकोणले पनि अती सुन्दर यो ठाँउ आँफैमा पवित्र छ । यस पुण्य भुमीमा सबैका घर ठुला ठुला बन्दै गए, रंगिन बन्दै गए तर रामको घर सबैको मनमा यो खुल्दुली बढ्दै गएपछि पञ्चमी तिथिको शुभ साईतमा पौष ११ गते दिन को ३ बजे पण्डीत छबिरमण उपाध्याय ज्यू सहित भक्तजनको उपस्थितिमा शिलन्यास गरी मिति २०७१ पौष महिनामा पवित्र दिनको शुभ साइत पारी श्रद्धालु एवं सरोकारवालाहरmको उत्साहा सँगै विदुषी अनुराधा ज्यू को मुखारविन्दुबाट र बालयोगी सुदिप लम्साल ज्यू र तत्कालिन प्रधान न्यायधिश खिलराज रेग्मी ज्यू को प्रमु्ख आतित्थ्यतामा महायज्ञ संचालन भयो । हर्ष उल्लासका साथ सम्पन्न महायज्ञको निर्माण कार्य फणेश्वर गौतमको अध्यक्षतामा र आर्किटेक्ट इन्जिनियर लवकुमार नेपालको परिकल्पनामा भवन निर्माणको कार्य दोस्रो वर्षबाट सुरु भयो ।
भगवान श्रीरामको घर राम मन्दिर हालसम्म आइपुग्दा पनि सम्पन्न हुने छाँटकाँट नदेखिँदा सबैका मनमा बिभिन्न शंका उपशंका उब्जिन स्वभाविक देखिन्छ । कतिपयको मनमा होला मन्दिरमा भन्दा उत्पादनमा जोड दिनुपर्छ तर मेरो विचारमा मन्दिर पनि उत्पादन हो किनकी जब भौतिक मन्दिर मानिसको मनमा प्रवेश गर्छ तब मानिस सतमार्गमा प्रवेश गर्छ । सतमार्गबाटै मानिसले जिवनको लक्ष्य प्राप्त गर्छ, जव मन्दिरको दियो मानवको मनभित्र बल्छ तब नै संसार उज्यालो हुन्छ । बाह्य तथा आन्तरिक पर्यटनको विकास पनि हुन्छ । पवित्र गंगाजलमा स्नान गरी तनमनलाई शुद्ध बनाई रामराज्य स्थापना गरी बुद्धको मुलमन्त्र विश्वशान्तिको सन्देश दिनु पनि हामी सबैको कर्तव्य हुन्छ । वेदले निर्दिष्ट गरेका वैदिक बचनहरmको आत्मसाथ गर्दै जव जव मानव जिवनमा ठुला ठुला विपत्ति आईपर्छ मै हुँ भन्नेहरm सबै आ–आफ्नै मन्दिर जाने गर्छन त्यसै भएर होला मन्दिर कहिले बन्छ भनी सबै श्रद्धालु एवं भक्तजनहरmको जिज्ञाषा बढ्दै गएको छ आमा ।
आमाले ठूलो सास तान्नु भयो खै बाबु मैले देख्न पाउदिन क्यारे । आमाको अनुहारमा मलिनता छायो । हरेस नखानुस आमा यहाँ धेरै श्रद्धालु भक्तजनहरm हुनुहुन्छ । सिंगो सरकार पनि छ सबै मिलेपछि भैहाल्छनी, हो यो बाटो भएर हिडिरहंदा मेरो नजरमा जिर्ण अवस्थामा रामको घर, राम मन्दिर मनभित्र पिडा हुन्छ धेरै । बुबा आमाहरुको सपना कोही निदाउदा त कोही बिपनामै घर बनेको बताउनुहुन्छ । सरोकारवाला पनि कसलाई भन्नु असल नागरीक सबै सरोकारवाला नै हुन भन्ने लाग्छ । कालीगण्डकीको काखमा अवस्थित रामपुरको धरोहरको रmपमा रहेको रामन्दिर रामपुर नगरीको पर्यटकीय आभुषणको रmपमा रहने छ । आफ्नो देशको सामाजिक साँस्कृर्तिक एवं सभ्यताको विकास आन्तरिक तथा वाह्य पर्यटन मार्फत गरिरहेका सन्दर्भमा सरकारको पनि ध्यान जान जरुरी देखिन्छ । हामी घर कहाँ नी भनेर सोध्दा सबै गर्वका साथ भन्छौं रामपुर । भगवान रामको नाम सबैले आ–आफ्नो परिचय दिदां पनि राम जपीने यस पूण्य भूमीमा बस्न पाउनु आफैमा सौभाग्यसाली छौं । तर पछिल्लो समय सबैको चिन्ता र चांसोको विषय बनेको भगवान श्री राम सीताको घर राम मन्दिर हाम्रै पर्खाईमा छ ।
रामपुर नगरपालीका रामपुरवासी र खास गरी त्यसका संचालकले भक्तजनहरmबाट प्राप्त दान र बाँकी हुनेको हिसाब किताब सहित मन्दिर परिसरमा अलपत्र सामान कति कसलाई दिइयो कति बाँकी छ आफ्नो जिम्मेवारी पुरागरीदिए हामी सबै आभारी हुने थियौं । यहाँ सम्म आईपुग्दा गर्नु भएको योगदानको सम्मान साथै सरोकारवाला एवं सहयोगी श्रद्धालुहरmप्रती पनि आभार ब्यक्त गर्दै बाँकी काम पुरा गर्न थप जोस, जाँगर र काम गर्ने इच्छा शक्ति भएका ब्यक्तिहरmको सहभागीतामा काम अगाडी बडाए रामपुरबासी एवं श्रद्धालु भक्तनहरmको सपना पुरा हुने थियो ।
  (लेखक नेपाल सूर्यालाइफ ईन्स्योरेन्स कम्पनी रामपुर शाखाका प्रमुख हुनुहुन्छ ।)

SHARE