रुकुममा १० दिनमै बन्यो आठकोठे आइसोलेसन कक्षसहितको अस्पताल

0
420
फाइल तस्बिर

बैशाख १४, २०७७  :  कोरोना संक्रमितको उपचारका रुकुममा १० दिनमै अस्पतालमा बनाइएको छ। रुकुमको आठबीसकोट नगरपपालिकामा ८ कोठे आइसोलेसन कक्षसहितको भवन १० दिनमै बनेको हो।

कोरोना महामारी नियन्त्रणका लागि उक्त आइसोलेसन भवन बनाइएको हो। नेकपाका सांसद जनार्दन शर्मासहितको सक्रियतामा जनश्रमदान जुटाएर उक्त अस्पताल निर्माण गरिएको हो। शर्माको नेतृत्वमा गाउँपालिकाको समन्वय तथा जनश्रमदानमा उक्त अस्पताल भवन श्रम सहकारीले बनाएको हो।

रुकुमकै मुसीकोट र आठबीसकोटमा १०र१० बेडका ‘अट्याच बाथरुम’ सहितका अस्पताल भवन बनेका हुन्। १० दिनमै निर्माण सक्ने लक्ष्यका साथ निर्माण शुरु भएका ती भवनहरुको काम पनि एक सातामा सकिने सांसद शर्माले बताए । ‘द्रुत गतिमा ढलान गरेर नै काम भएको छ ।

मुसीकोट र चौरजारीमा ‘प्रिफ्याब’को भवन बन्दैछ’, उनले भने, ‘मुख्य कुरा योजना भिजन चाहियो, नेतृत्व र जनताबीचको समुधुर सम्बन्ध पनि हुनुप¥यो। सोही परिणाम स्वरुप काम भइरहेको छ ।’ दुवै भवनहरुको लागि सामानको व्यवस्थापन सबै सांसद शर्माले नै गरेका थिए। गृहजिल्ला पुगेर भवन निर्माण शुरु गरेका नेता उनी अहिले सामानको जोहो गर्न काठमाडौं आएका थिए।

SHARE