अगाडी बढ्ने कि ब्रेकअप गर्ने ?

0
628

घनश्याम खरेल
तिमी पद च्यूत हुदा मन मेरो धोच्छ । दुनियाले तिमिलाइ नलायक भन्दा मेरो दिमाग तिरमिराउछ । हरेक चोक गल्ली चौतारोहरुमा बसेर तिमिलाइ भ्रष्टाचारि भन्दा मेरो कानमा चट्याङ परेझै बज्रिन्छ । किनकि तिमी मेरो आदर्श हौ । नेपालको इतिहास हेर, अहिले त तिमी नेपालको कुण्डलीमा वृहस्पति हौ र बन्ने अवसर पाएका छौ । त्यो तिम्रो चाहानाले होइन नेपाली जनताको महानताले हो ।
आजभन्दा ५१ वर्ष अगाडि निर्दलिय व्यवस्थामा किर्तिनिधी बिष्टले ४ वर्ष ४ महिना ६ दिन प्रधानमन्त्री बन्ने अवसर पाएका थिए , त्यसभन्दा धेरै राणा खानदानले बाहेक त्यो अवसर पछिल्लो नेपाली इतिहासमा कसैले पाएनन । पछि पचञ्चायतकालकै अवस्थामा २०३६ असार १६ देखि २०४० असार २९ सम्म ४ वर्ष १ महिना १३ दिन सुर्य बहादुर थापाले सरकारको नेतृत्व गर्ने अवसर पाए, जुन अवसर पहिलो जननिर्वाचित प्रधानमन्त्री बि. पि. कोइरालाले पनि पाएनन, जम्मा १ वर्ष ६ महिना २९ दिनमा राजाले शासन आफ्नो हातमा लिएर उनलाइ अपदस्त गरे ।
प्रजातान्त्रको पुर्नस्थापना पछि २०४८ वैशाख ६ मा प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई पनि जम्मा १ वर्ष १ महिना ६ दिन मात्र नेतृत्वमा रहन पाए । पहिलो जननिर्वाचित कम्युनिष्ट नेता मनमोहन अधिकारी २०५१ मंसिर १४ मा प्रधानमन्त्री भए उनिपनि ९ महिले प्रधानमन्त्रीको नामले कहलिनु पर्यो ।
प्रजातन्त्रको पुर्नस्थापना पछि सबैभन्दा धेरै पटक देशको नेतृत्व गरेका नेपाली काग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले पनि एउटा मात्र कार्यकालमा सबभन्दा धेरै ३ वर्ष ६ महिना २ दिन मात्र लामो शासन गर्न पाएका थिए, उनी पटक– पटक नेतृत्वमा रहे पनि त्यो भन्दा धेरै सरकारको लगातार नेतृत्व गर्ने अवसर कहिले पाएनन । १० वर्षसम्म जनयुद्ध लडेर शान्ती प्रक्रियामा आएका गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड २०६५ भदौ २ देखि जम्मा ९ महिना ९ दिनमै सिमित भए त्यसपछी आए कम्युनिष्ट नेता माधव कुमार नेपाल, झलनाथ खनाल उनिहरुको यात्रा पनि त्यति शुखद र लामो हुन सकेन । नेपाली काग्रेसका नेता सुशील कोइराला उनी पनि १ वर्ष ७ महिना १६ दिन मात्र प्रधानमन्त्रीको कुर्सीमा रहन सफल रहे । फेरि पनि त्यो सिहदरबारको सुनौलो कुर्सीले आफुलाइ माया गर्ने मान्छेहरु फेरिरहन पाइराख्यो ।
देश आम निर्वाचनमा पुग्यो, सघियताको कार्यन्वयन सुरु भयो । निर्वाचनबाट गठबन्धन हुँदै एकता भएको नेपाल कम्युनिस्ट पार्टि (नेकपा) लाई जनताले एकपटक ऐतिहासिक अवसर दिएका छन र त तिमी छौ । आजको दिनमा २०७४ फागुन ३ मा प्रधानमन्त्री पदमा निर्वाचित भएका नेकपाका अध्यक्ष के पि शर्मा ओलीले २ वर्ष २ महिना ९ दिन सरकारको प्रमुख कार्यकारीको रुपमा नेतृत्व गरिसकेका छन । यसलाइ ५ वर्ष पुर्याउने र नेपालीहरुको दशकौ वर्षको स्थिर सरकारको पर्खाइ पूरा गरि “सुखी नेपाली समृद्ध नेपाल“को अभियान पूरा गर्ने या बिचमै ब्रेकअप गर्ने मुख्य हात उनैको छ ।
बिगतलाइ हेर्दा छिटफुट घटनामा बाहेक राजनितिक दलकै कमजोरीका कारण सत्ताको नेतृत्व उनिहरुको हातबाट खोसिएको पाइन्छ । थोरै बिगतलाइ सम्झने हो भने शक्तिमै भएको बेला नेकपा एमाले बिभाजन भयो, त्यो शक्ति पुन ः प्राप्त गर्न उसलाइ करि २ दशक बढि पर्खिनु पर्यो । त्यस्तै प्रमुख शक्ति मै भएको बेला नेपाली काग्रेस बिभाजन भयो र उसले पनि ठुलै मूल्य चुकाउनु पर्यो । त्यही कमजोरीमा खेलेर तत्कालिन राजाले आफुलाइ कार्यकारी बनाए । १ दशक लामो जनयुद्ध लडेर ठूलो सघर्षका साथ राष्ट्रिय राजनितिमा बादशाह बनेको नेकपा माओवादी आफू शक्तिमै हुदा टुटफुट र बिभाजन भयो नेपाली नागरिकका उनिसङ्गका सपना पनि सेलाएर गए, उनिहरु त्यो ठाउँ फेरि कहिले पनि प्राप्त गर्न सकेनन ।
पछिल्लो राजनितीक घटनालाइ हेर्दा अब बिभाजनको कोर्ष पूरा भएर, एकता र मेलमिलापको चरण सुरु भएको देखिन्छ । देशका ठुला कम्युनिष्ट पार्टीहरु एकतामा आउनुले नेपाली नागरिकमा फेरि पनि सुनौलो बिहानी छिट्टै आउने आशा गरेका छ्न । अब पनि तिमिहरुले आफैबाट गल्ती सुरु गर्यौ भने जनताले तिमिलाइ यो युगामा पत्याउने छैनन र तिमिहरुले आफ्नो जीवनभर बार्द्लिमा बसेर आफ्नो गल्तिको पश्चताप गर्दै नलायक नागरिक बनेर टुलुटुलु हेर्नू बाहेक केहि बाकी रहने छैन । विश्व इतिहासका बादशाह बनेका हिटलर पनि पद र पावरको अधिक महत्वाकांक्षा र दुरुपयोगको कारण उनको घिन लाग्दो अन्त्य भएको थियो । नेपाली जनताले तिमिलाइ त्यस्तै सुन्न नपरोस किनकी तिमिसङ्ग नेपाल र नेपालीले यो युगमा अरु कसैसङ्ग नगरेको आशा र भरोसा गरेका छन, नेकपा तिमी । त्यसैले त तिमी बिग्रीदा मलाइ दुख्छ ।

                               (लेखक खरेल नेकपा निकट विद्यार्थीहरुको ससंगठन अनेरास्ववियूका केन्दिय सदस्य हुन ।)

SHARE