सीमामा अलपत्र परेका एक सय ८१ जना नेपाल आए

0
523

बैशाख १२,२०७७ बाँके  : नेपाल भारत सीमामा अलपत्र परेका एक सय ८१ जना नेपाली नेपाल आउन पाएका छन् । उनीहरु नेपाल भारतको सीमा एकिकृत जाँच पोष्टको मैदानमा त्रिपाल टागेर बसेका थिए ।

नेपाल सरकार गृह मन्त्रालयको आदेशमा उनीहरुलाई आज नेपाल भित्रयाइएको बाकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडकाले जानकारी दिए । चैत १८ गते नेलगञ्ज नाकामा आएका उनीहरु १९ गते देखि मैदानमा त्रिपाल टागेर बसेका थिए ।

उनीहरु सबैको आरडिटी माध्यमबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।
उनीहरु सबैलाई जिल्ला गत रुपमा पायक पर्ने गरी यातायातको ब्यबस्था गरी घरतर्फ पठाइएको छ ।

SHARE