गुल्मीको ऐतिहासिक धार्मिकस्थल रिडीमा बृहत पत्रकार सम्मेलन सम्पन्न

0
609

गुल्मीको रुरुधाम रिडिमा बृहत पत्रकार सम्मेलन सम्पन्न भएको छ । मुल समितिका सदस्य तथा रुरु–१ का वडा अध्यक्ष रामलाल बिकको अध्यक्षता, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेस कुमार अर्यालको प्रमुख आतिथ्यता, पत्रकार महासंघ पाल्पाका पुर्ब अध्यक्ष भगवान भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । गुल्मीको ऐतिहासिक धार्मिकस्थल रिडी क्षेत्रलाई रुरुधामको रुपमा विकसित गर्न भाद्र २८ गतेदेखी विराट ज्ञानमहायज्ञ हुनेभएको छ । नेपालमै पहिलो पटक ऐतिहासिक रुरु धार्मिक तथा सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लिलामय श्रीमद्भागवत, पितृ मोक्ष, विराट ज्ञानमहायज्ञ हुने भएपछि तयारीलाई तिव्र स्वरुप पत्रकार सम्मेलन गरिएको हो । कार्याक्रममा जनप्रतिनिधी, पत्रकार, महिला समूह र संघसंस्था लगायतको उपस्थिति रहेको थियो । महायज्ञमा पाल्पा, स्याङ्जा, गुल्मी लगायतका जिल्लाका पत्रकार हरुको सगभागिता रहेको थियो । महायज्ञमा झन्डै १० लाख भक्तजन आउने आयोजकले जानकारी गराएको छ । कार्यक्रममा बोल्दै विव विख्यात बाल योगेश्वर महाराजले टाढाका तिर्थ यात्रीहरुलाइ यातायात, भोजन र आवासको व्यवस्था गरिने जानकारी गराउनु भएको छ । कार्यक्रमको भाद्र २८ गतेका दिन हेलिकप्टरबाट पुष्पवृष्टी गरी उद्घाटन गरिने छ ।

SHARE