एउटा स्काभेटर पनि लिन नसक्ने निर्माण ब्यबसायीका कारण समस्या : मुख्यमन्त्री पोखरेल

0
730

तिलाचन पाण्डे
भदौ १० , २०७६ गुल्मी ः प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले निर्माण ब्यबसायीहरुले धेरै काम लिने तर समयमै सम्पन्न नगर्ने गरेका काराणले समस्या भएको बताएका छन् ।
नेपाल पत्रकार माहासंघ गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शंकर पोखरेलले पछिल्लो समयमा निर्माण ब्यबसायीहरुले गुणस्तर रुपमा कार्य नगर्ने गरेको र समयमै काम सम्पन्न नगरेका कारण समस्या भएको भन्दै समयमै काम सम्पन्न गर्न पनि उनले आग्रह गरे । मन्त्री पोखरेलले एउटा स्काभेटर पनि किन्न नसक्ने र हामी निर्माण ब्यबसायी हौ भन्दै छाती फुलाएर हिडने निर्माण ब्यबसायीकै कारण समस्या आएको बताए । धेरै कामहरु लिने र पुँजि नभएका निर्माण ब्यबसायीहरुले ओथारो पारेजस्तै काम लिने र सम्पन्न नगर्ने गरेका कारण समस्या भएको बताए ।
प्रदेश नं ५ मा रकम अभाबका कारण सडकहरु अलपत्र नपर्ने भन्दै समयमै काम सम्पन्न गर्न निर्माण ब्यबसायीहरुलाई आग्रह पनि गरे ।
पछिल्लो समयमा सरकारको कामप्रति ब्याक्तिगत स्वार्थ पुर्ति नभएका केही तत्वहरुले बिरोध गर्दैै हिडेको भन्दै त्यो केही समयका लागि बिरोधका लागि बिरोध मात्रै भएको बताए । पहिले ब्याक्तिगत रुपमा लाभ लिने तत्वहरुको हाबी भएको उल्लेख गर्दै सरकारले गर्न खोजेका राम्रा कामहरुको पनि बिरोध गरेको बताए । सरकारले शिक्षा बिधेयक ल्याउदा शिक्षकहरु आन्दोलित हुने , यातायातमा रहेको सेन्डिकेट हटाउन खोज्दा समेत यातायात ब्यबसायीहरु आन्दोलित हुनुको कारण ब्याक्तिगत स्वार्थ पुर्ति नभएका कारण भएको भन्दै सरकार दुर्त गतिको बिकासमा लाग्ने दाबी गरे ।
प्रदेशको नामाकरण र राजधानीको बिषयमा पत्रकारले राखेको जिज्ञासमा मन्त्री पोखरेलले प्रदेशको नामाकरण र राजधानीको बिषयमा टुङगो लगाउदाको दिनमा सबै नागरिकले घरमा दिपावली गर्ने गरि बिबाद रहितरुपमा समाधान गर्ने गरि प्रदेश सरकार लागेको दाबी गरे । हामी बिबादरहित सबैलाई पायक पर्ने उचित तरिकाले राजधानीको बिषयमा टुङगो लगाउने गरि लागेका छौ ढिला भए पनि बिबाद रहित रुपमा सबैलाई खुसी हुने संगै घरघरमा दिपावली सहित हर्ष उल्लासको साथमा सबैलाई मान्य हुने गरि राजधानी र नामाकरण गर्ने बताए ।
खानेपानीको समस्याका कारण ग्रामीण स्तरबाट बसाई सराईको दर बढ्दै गएकाले त्यसको अन्त्य गर्नका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
आगामी तीन बर्ष भित्रमा प्रदेश ५ का प्रत्येक नागरिकका लागि खानेपानीको ब्यबस्था गर्ने दाबी गर्नुभयो । यस्तै प्रदेश सरकारले शिक्षा , पुर्वाधारलाई पनि प्रथामिकतामा राखेको बताउए । अर्को एक फरक प्रसंगमा मन्त्री पोखरेलले गुल्मीको सत्यावती गाउँपालिकाको ठुलोलुम्पेकमा पहिरोका कारण जोखीम बस्तीको स्थानान्तरण गर्र्नु पर्ने अबस्था भएकाले त्यसको ब्यबस्था गर्नका लागि प्रदेश सरकार सक्षम रहेको दाबी गरे । मन्त्री पोखरेलले त्याहाँको बस्ती स्थानान्तरण गर्नका लागि हामी आफै सक्षम छौ केन्द्रको मुख ताक्नुपर्नै अबस्था नरहेको दाबी गरो । अहिले स्थानीय सरकारले उचित जग्गा खोजीरहेको भन्दै बस्ती स्थानान्तरण गर्न र उचित ब्यबस्थापन प्रदेश सरकारले गर्ने भन्दै चिन्ता नगर्न आग्रह गरे ।

SHARE