रुसमा शक्तिशाली भूकम्‍प, क्षतिको विवरण आउन बाँकी

0
494

चैत १२, २०७६  : रूसमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्व विभागका अनुसार रुसको सुदूरपूर्वी कुरिल टापु केन्द्रबिन्दु भएर ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प गएको हो।

शक्तिशाली भूकम्पका कारण पूरै क्षेत्र थर्कमान भएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन्। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी रहे पनि प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार किलोमिटरसम्म सुनामी आउन सक्ने चेतावनी जारी गरेका छन्। उक्त सुनामीले अमेरिकाको हवाई, जापान लगायतका क्षेत्रमा असर पुग्न सक्ने बताइएको छ।

SHARE