न्युटन बाग्लुड० भलिवल कप ०७६ सम्पन्न

0
154

रामकृस्ण कंडेल,फागुन२५ :
न्युटन बोर्डिड० स्कुल बालुवाटार काठमान्डौको आयोजनामा ‘न्युटन बाग्लुड० भलिवल कप ०७६’सम्पन्न भएको छ।

फागुन २३ र २४ गते दुई दिन काठमान्डौंमा सन्चालित भलिवल खेलमा १६टिमको शहभागीता रहेको भलिबल कमिशनका अध्यक्ष तथा अायाेजक विद्यालयका प्रिन्सिपल रामबहादुर के सी ले बताऊनु भयो।के सी का अनुसार खुला पुरूष २ए साईड भलिबल प्रतियोगिताको प्रथम पुरस्कार सत्तरी हजार सात सय सतत्तर,द्वितिय पुरस्कार चालिस हजार चार सय चौवालिस,तृतिय पुरस्कार बिस हजार दुई सय बाईस र उत्कृस्ट खेलाडी लाई तिन हजार पॉच सय रहेको थियो।

१६ टिम सहभागी रहेको यस प्रतियोगितामा न्युटनका पूर्व बिद्यार्थी एवं राष्ट्रिय खेलाडीद्वय दिल सुनार र मान बहादुर श्रेष्ठकाे न्युटन वि टिम प्रथम ,गण्डकी प्रदेशका सन्जु विक्रम शाह र हाेम पुन काे टिम द्वितीय APF क्लबका राष्ट्रिय खेलाडी विशाल थापा र राज कुमार निराैलाको टिम तृतीय भएको बताईएको छ।दुई दिने प्रतियोगितामा १६ टोलीले नकआउटका आधारमा प्रतिस्पर्धा गरेका आयोजक न्युटनका प्रिन्सिपल समेत रहेका नेपाल विद्यालय भलिबल कमिसनका अध्यक्ष केसीले बताऊनु भयो।उत्कृष्ट खेलाडी दिल सुनार छनौट हुनुभएको छ।विजयी खेलाडीलाई प्याब्सन वाग्मती प्रदेश अध्यक्ष थकिन गुरुङ र भलिवल कमिसनका अध्यक्ष तथा आयोजक विद्यालयका प्रिन्सिपल रामबहादुर के सि ले पुरस्कार वितरण गर्नु भएको थियो।

SHARE